Saturday 20th of January | २०७४ माघ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पार्टी नेतृत्व परिवर्तन तत्काल सम्भव छैन्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार
newsabhiyan
newsabhiyan

मंसिर १० र २१ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस नराम्रोसंग पराजीत भयो । सत्ताको नेतृत्व गरेको समयमा भएको निर्वाचनमा समेत पार्टीले पराजय व्यहोरेको भन्दै नैतिकताका आधारमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर नयाँ नेतृत्व चयनका लागि बाटो खोल्दिनु पर्ने आवाज कांग्रेसमा उठ्न सुरु भएको छ ।

निर्वाचनको समिक्षा र सभापति देउवाले नैतिकताका आधारमा राजिनामा दिन्छन कि दिदैनन् भन्ने विषयमा कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाणसंग कुराकानी गरेका छौ । प्रस्तुत छ, खाणसंग गरेको कुराकानीको सारसंक्षेप :-

प्रतिनिधिसभा र प्रदेशसभामा त, कांग्रेस नराम्रोसंग पराजित भयो । आकलन यस्तै थियो कि अप्रत्यासित भयो ?
कांग्रेस नेतृत्वको सरकारले निर्वाचन गरेर संविधान कार्यान्वयन गरी गणतन्त्रलाई सस्थागत गरेको छ । हामीले मुलुकमा देखिएको असहजतालाई निर्वाचन सम्पन्न गरी सहजतामा बदलिदिएका छौ । हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले समयमै निर्वाचन सम्पन्न गरेर इतिहास कायम गरेका छौ ।

हामीले महामानव विश्वेश्वरप्रसाद कोइरालाले देखेको सपना झण्डै ७० वर्षपछि संविधानसभाबाट संविधान जारी गर्यौं । कांग्रेसले सबै दलसँग समन्वयकारी भूमिका निर्वाह गरेर नै यो संभव भएको थियो । तर, कांग्रेसले अस्वभाविक परिणाम भोगेको छ ।

यो निर्वाचनबाट हामी अत्तालिएका छैनौ । मुलकमा शान्ति, समृद्धि र स्थायित्वको लागि निर्वाचन महत्पूर्ण खुड्किलो भएकोले जनताले लोकतान्त्रिक शक्तिलाई विजयी गराउँछन् भन्नेमा ढुक्क थियौ । त्यसो भएन, जनताले हामीलाई निर्वाचनमा पत्याएनन् ।

निर्वाचनमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने आम मतदाता, नेपाल सरकार, प्रधानमन्त्री देउवा, निर्वाचन आयोगका पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय सबैलाई पार्टीका तर्फबाट विशेष धन्यवाद दिन्छु ।

निर्वाचनमा पराजय व्यहोर्नु पर्नाको कारण के हो जस्तो लाग्छ ?
मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि कांग्रेसले जति काम कसैले गरेको छैन् । तर, हामीले आफूहरुले गरेका कामहरु जनता सामू सही ढंगले सम्प्रेषण गर्न चुक्यौ । त्यसैको कारण निर्वाचनमा भने जस्तो परिणाम ल्याउन सकिएन ।

एमाले र माओवादी केन्द्रवीचको मत आदान प्रदानमा पनि कुनै समस्या नदेखिनु पनि कांग्रेस पराजय हुनुको अर्को कारण हो जस्तो लाग्छ । उनीहरुले चुनावी तालमेल मात्रै नभएर पार्टी एकताको घोषणा समेत गरेकोले परिणाममा असर देखियो ।

प्रत्यक्षतर्फको नतिजा अप्रत्यासित देखिएपनि समानुपातिक त राम्रै होला नि के छ अहिलेसम्मको रिर्पोट ?
प्रत्यक्षतर्फभन्दा समानुपातिक तर्फ विगतको भन्दा बढ्ने संकेत देखिएको छ । पहिले हाम्रो मत ३२.८ प्रतिशत थियो । अहिले बढेर ३४.४ प्रतिशत पुगेको छ । माओवादीको १७ बाट घटेर १४.३ प्रतिशतमा पुगेको छ । एमालेको ३३ प्रतिशतबाट  बढेर ३६ प्रतिशत पुगेको छ ।

पार्टीले अप्रत्यासित पराजय व्यहोरेपछि नेतृत्वले कमजोरी स्वीकारेर राजीनामा दिनु पर्ने आवाज आइरहेका छन् । के त्यो सम्भव छ ?
महाधिवेशनबाट निर्वाचित नेतृत्वले निर्वाचनमा पराजय व्यहोर्दैमा राजीनामा दिने कुरै आउदैन । निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै लिने होइन । केन्द्रिय समितिमा भएका सबै सदस्यहरुले लिनु पर्छ ।

अहिले कसैले पार्टी सभापतिको विरुद्धमा अभिव्यक्ति दिँदैमा केही हुने वाला छैन । पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भन्ने पनि कता कता सुनिएको छ । तर यस्तो भन्ने नैतिक अधिकार भन्ने व्यक्तिलाई पनि छैन । प्रचार प्रसार समितिको संयोजक गगन थापा जी पनि हो ।

उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ । यो त सामूहिक जवाफदेहिताको कुरा हो । मैले पनि आफ्नो ठाउँबाट लिनुपर्ने जवाफदेहिता लिनुपर्छ । अब केन्द्रिय समितिमा यो विषयमा कसैले कुरा राख्छ भने छलफल हुनसक्छ, तर नेतृत्व फेरबदल हुँदैन । पार्टीलाई एकजुट बनाएर सशक्त भएर कम्युनिष्ट पार्टी विरुद्ध हस्तक्षेपकारी कार्यक्रम तय गरी कार्यान्वयनमा लैजानु पर्छ ।

विशेष महाधिवेशन बोलाउने र त्यसले नेतृत्व परिवर्तन गर्ने कुरा पनि उठेको छ नि ?
केन्द्रिय समितिमा विशेष महाधिवेशन बोलाउने माग त सदस्य साथीहरुले उठाउन सक्नुहुन्छ । तर, म यो ठोकुवा गर्छु कि यदि विशेष महाधिवेशन भइहाल्यो भने पनि नेतृत्व परिवर्तन भने हुदैन ।

नेतृत्व परिवर्तनको कुनै एजेण्डा नै छैन । केन्द्रिय समितिको बैठकमा सम्म छलफल हुन सक्छ । तर, अहिले बाहिर चर्चामा आएजस्तो यसबारेमा कुनै बबण्डर हुँदैन । पार्टी भित्र आफ्नो कुरा राख्ने छुट सबैमा हुन्छ । सदस्यहरुले आ आफ्नो कुरा राख्न पाउँनुहुन्छ ।

त्यसो भए अव पराजयको जिम्मेवारी सबैले दिएर पार्टीलाई एकढिका बनाएर अघि बढाउन सम्भव हुन्छ त ?
पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि एकजुट भएर नेतृत्वलाई सघाउनतिर नेताहरु लाग्नुहुन्छ । महामन्त्री डा. सशांक कोइरालाले पनि सामूहिक रुपमा पराजयको जिम्मेवारी लिँदै अब पार्टीलाई पूनः स्टेून्थ प्रदान गर्न एकजुट भएर लाग्नु पर्ने अभिव्यक्ति दिइसक्नु भएको छ । उहाँ नै हो, सभापति देउवासंग फरक प्यानलबाट महामन्त्रीमा निर्वाचित भएको । उहाँले नै सबैले जिम्मेवारी लिनुपर्छ भनेपनि अरु आवाज कस्ले उठाउछ ।

अव संसदीय दलको नेता को बन्छ त ?
कांग्रेसको यसअघिको परम्परा हेर्न हो भने सभापतिले चाहेको खण्डमा उहि संसदीय दलको नेता बन्छ । अहिले पनि हामी त्यहि परम्परालाई पच्छ्याउदै यदि पार्टी सभापति देउवाले चाहना राख्नु भयो भने उहाँलाई नै बनाउँछौ । यस विषयमा पार्टीमा कुनै मतान्तर छैन । 

निर्वाचनमा पराजय व्यहोरेपनि नेता कार्यकर्ताको आत्मवल घटेको छ, त्यसलाई परिपूर्ति गर्न के गर्नुहुन्छ ?
पार्टीलाई क्रियाशील बनाउने नेतृत्वले हो । नेतृत्वलाई बल पुर्याएर आगामी दिनमा अझै शक्तिशाली र बलियो पार्टी बनाउन सबै नेताहरु एकजुट हुनुपर्छ । पार्टीलाई एक ढिक्का बनाएर चलाउन सर्वप्रथम आत्मबल बलियो बनाउनु पर्छ । त्यसमाथि कांग्रेस मास बेस पार्टी हो ।

अव हामी पार्टीलाई कार्यकर्ता आधारित बनाउनतिर लाग्छौ । भातृसंस्थालाई अब कार्यकर्ता बेस बनाउने रणनीतिमा हामी लागिरहेका छौ । त्यसपछि सिँगो पार्टीलाई पनि कार्यकर्ता बेस बनाउने योजना हाम्रो छ । पार्टीलाई प्रिसिडेन्सियल स्ट्रक्चर अनुसार फर्ममा राख्नको लागि रिफर्म गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ ।

निर्वाचनमार्फत आएको जनादेश तपाईहरुलाई स्वीकार्य छ कि छैन् ?
निर्वाचनाट आएको मतलाई कांग्रेसले सदैव सम्मान गर्छ । अहिलेको जनादेशलाई पनि कांग्रेसले सम्मान गर्छ । जनाता जनार्दन हुन । कांग्रेसको तागत जनतामा निहित छ ।

अव सरकार बनाउने कसरतमा लाग्नु हुन्छ कि प्रतिपक्षमा बस्नुहुन्छ ?
अहिले हामीलाई जनताले प्रतिपक्षमा बसेर पहरेदारी भने भूमिका दिएका छन्, जनादेशमार्फत । तसर्थ हामी प्रतिपक्षमा रहन्छौं । जनताको हितमा काम गर्छौ । लोकतन्त्रको रक्षा र बहुलवादको रक्षाको लागि कांग्रेस जल्यिै पहरेदारको रुपमा रहन्छ ।

अब बन्ने वामपन्थीहरुको सरकारले राष्ट्रिय स्वाधिनतामा आघात पुर्याउने काम र संविधानलाई तोडमोड गरे कांग्रेसले संघर्षशील भूमिका निर्वाह गर्छ । तर, देशको हित र राष्ट्रियताको पक्षमा सरकाले काम गरेमा कांग्रेसको सरकारलाई रचनात्मक सहयोग रहन्छ ।

अन्तमा, कांग्रेसले आफु सत्ताको नेतृत्वमा गएर निर्वाचनमा पराजय व्यहोर्नु परेको हो ?
यस्तो होइन । सत्तामा जानु गलत होईन । हामीले सबै दलहरुलाई मिलाएर चुनाव गर्यौं ।  पार्टी हार्नु ठूलो कुरा होईन, देशले जितेको छ । व्यवस्थाले जितेको छ ।  होला हाम्रा व्यवस्थापकीय कमजोरीहरु भए होलान्, तर हामीले राम्रो काम गरेका छौं । अभियान टाइम्सबाट । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan