Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल मङ्सीर २९ गते शुक्रवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । मङ्सीर महिनाको २९ गते शुक्रवार ।
अँग्रजी मितिः ई.सं. २०१७ डिसेम्बर महिनाको १५ तारिख ।
तिथीः दक्षिणायन,  हेमन्त ऋतु पौषकृष्ण पक्षको त्रयोदशी तिथी ।
योगः सुकर्मा योग ।
नक्षत्रः विशाखा नक्षत्र ।
करणः गर करण १८ः५४ बजेसम्म उपरान्त वणिज करण ।
चन्द्रमाः  तुला राशिमा, २०ः१८ बजेपछि बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः४८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०९ बजे ।
राहुकालः १३ः१५ बजेपछि १४ः३३ बजेसम्म ।
यात्राः  पश्चिम दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देशविदेशको यात्रा हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग  फापसिद्ध हुनेछ भने उपहार व्यवहारले पनि यहाँले खेलेको भूमिकामा सकारात्मक अर्थ राख्नेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन समय तथा अवसरको सदुपयोग गर्नसकेको खण्डमा अनुकूल एवम् सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा  सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नोपक्षमा सम्झौता गर्न सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सकिने छ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन बुद्धिको विकास हुने र विद्याबुद्धिको सदुपयोग गर्ने संयोग पर्नेछ । आज यहाँको बौद्धिक क्षमताको मान्छेहरुले कदर र प्रशंसा गर्नेछन् । अध्ययन अध्यापन तथा लेखन एवम् वहसको क्षेत्रमा सफलता मिल्नेछ । सन्तानपक्षबाट पनि सन्तोष लिन सकिने छ । पेशा एवम् व्यवसायको क्षेत्रबाट लाभ पाउनु हुनेछ । लाभ एवम् सफलताको कारण मानसिक शान्ति मिल्ने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँलाई फाप सिद्ध हुनेछ भने अनाथ बालबालिकालाई सहयोग गर्नु पूण्यप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल देखिएको छैन । मनमा संकोचित विचार बढ्नसक्ने तथा कसैसँग मनमुटाव हुनसक्ने पनि सम्भावना प्रतित भइरहेको छ ख्यालपुर्याउनु होला । पारिवारिक भार बढ्नसक्ने एवम् अभाव खट्कििनसक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ, संघर्ष तथा अपयशसँग जुध्नको लागि आत्मबल बढाउनु पर्ला । काममा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्ग शुभ हुनेछ भने आमाको आर्शिवाद हितकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोशजाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवम् भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तीन अंक, हरियो रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने दिदी बहिनीलाई उपहार दिनाले अपेक्षित उपलब्धि ल्याउन सहयोग गर्नेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन गोचर प्रभाव सकारात्मक देखिएको छ । जसको कारणले गर्दा बोलीको माधुर्यताले मान्छेहरुलाई प्रभाव पार्न सकिने छ । प्रतिनिधित्त्व गर्ने व्यक्ति तथा वाणीवृति हुनेहरुको लागि आजको दिन बढी अनुकूल रहनसक्ने छ । परोपकारादि समाजसेवाको अवसर मिल्नेछ भने धन–धातु–खजाना आदिको संग्रह गर्न पनि सकिने छ । कुटुम्बजनसँग मिलन हुने र व्यवहारिक कुशलता प्रकट गर्न पाइने छ । श्रृङ्गार सामाग्री आदिमा लगानीको पनि सम्भावना छ । आज यहाँलाई दुई नम्बर, सेतो रङ्गको प्रयोग र माँ भुवनेश्वरीको भक्तिभावले सफलतामा थप बल दिनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन व्यवहारिक कुशलता बढ्नाले मान्छेहरुको ध्यानाकर्षण गर्नसकिने गोचर परेको छ । मानप्रतिष्ठा बढ्ने र मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । विवाह योग्य युवायुवतीको लागि वैवाहिक सम्बन्ध जोड्ने प्रसङ्ग चल्नसक्ने छ । माङ्गलिक कार्यमा सरिक हुनपाइने सम्भावना छ । 

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्ला । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्नसक्ने छ । अप्रत्यासित रुपमा कामकार्यमा अबरोध आउनाले मानसिक उद्दिग्नता हुनसक्ने कुरालाई नकार्न सकिन्न । आयमा मन्दि आउने तथा सञ्चित धनखजानाको खर्च हुने, अस्वस्थता बढ्नसक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । मानसिकरुपमा डर लाग्ने, जनव्यवहारमा अन्यायमा पर्नसकिने, मानप्रतिष्ठामा ह्रास आउने, विनाजरुरीको क्षेत्रमा अनर्थ परिश्रम हुनजाने आदि संघर्षजन्य परिवेशको सामना गर्नपर्न सक्नेछ । अल्लि सावधानी एवं संयम र परिश्रमपूर्वक स्वकर्ममा तत्लिन रहनाले केहीहद्सम्म उपलब्धि मिल्नसक्ने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन व्यापार व्यवसाय एवं उद्यमधन्दामा बढोत्तरी हुने र आयआम्दानी बढ्ने देखिएको छ । कर्मयोगीको लागि दिन राम्रो उपलब्धिमूलक रहनेछ ।  समयको सदुपयोग गर्नाले व्यवसायबाट राम्रो लाभार्जन लिनसकिने छ । औकात एवम् स्तर अनुसार समाजसेवा, राजनीति एवम् जागिर आदिमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा तथा आत्मबल एवम् यशकृति बृद्धि हुनाले सुख र सन्तुष्टिको अनुभूति हुनेछ । प्रशंसक बढ्ने र आफन्तिको शुभसमाचार प्राप्त हुनेछ । सम्मानित यात्राको अवसर पनि मिल्नसक्ने सम्भावना देखिएको छ भने आज विवाह योग्य युवायुवतीको विवाहबन्धनको बारमा प्रसङ्ग चल्नसक्ने छ । 

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक छ । मानसम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवम् जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाजसेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । उच्च निकायका व्यक्तित्त्वहरुसँगको भेटघाट तथा संपर्कले मानिसक आँट एवम् उच्च मनोबल बढ्नेछ । सम्भावनाहरु हराइरहेका केही कामको सम्भावनाहरु पनि भेटिनसक्ने छ । समयको अनुकूलतालाई बुझेर राम्रो कार्यमा सदुपयोग गरी विशिष्ट दर्जा एवम् पक्षका व्यक्तित्त्वसँग महत्त्वपूर्ण उपलब्धि लिनसकिने छ । राज्यको क्षेत्रबाट पनि आज काम लिनसक्नु हुनेछ । भगवान माँ इन्द्रायणीको दर्शन भक्ति शुभप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्नसकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्नसकिने छ । सांसारिक पुरुषार्थ गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ । नौ अंक पहेलो रंगको उपयोग र धार्मिक जनको सेवा अझ विशेष हितकर हुने देखिन्छ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन संर्घषप्रद गोचर छ । अल्लि सोँचविचार एवं योजना विपरित परिस्थितिको सृजना भएको महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिनसक्ने देखिन्छ । हृदय आदि दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै योजनामा नपरेको काम बनेर केही राहत भने मिल्न सक्नेछ । अप्रत्यासित उपलब्धि हातपार्न सकिने सम्भावना छ । तपाईलाई आज कुमारीदेवीको श्रद्धा भक्ति एवं उपाशना गर्नु हितकर हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan