Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमालेको अग्रता,विवेकशील साझाको एक लाख ९४ हजार,नयाँ शक्तिको ७४ हजार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार |
newsabhiyan

काठमाडौँ, २८ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा ९एमाले०को अग्रता कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २८ लाख ९९ हजार ३३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख १७ हजार ९३० मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा ९माओवादी केन्द्र० ११ लाख ६६ हजार ३९५ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख १३ हजार ८७० मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले तीन लाख ७१ हजार १३, विवेकशील साझाले एक लाख ९४ हजार ७५४, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले एक लाख ८६ हजार ९५५, नयाँ शक्ति पार्टी नेपालले ७४ हजार ७३४, राप्रपा ९प्रजातान्त्रिक० ले ७२ हजार ८९४ र नेपाल मजदुर किसान पार्टीले ५२ हजार २१५ मत ल्याएको छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan