Monday 15th of October | २०७५ असोज २९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जिसस बैठक –प्रदेश राजधानी बनाउन सहमत

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २८ बिहिबार |
newsabhiyan

भक्तपुर, २८ मंसिर (रासस) ः विभिन्न राजनीतिक दलका नेता, नवनिर्वाचित सांसद, नगरपालिकाका प्रमुख एवं सरोकारवालाले प्रदेश नं ३ को राजधानी भक्तपुरलाई बनाउन माग गरेका छन् ।

आज जिल्ला समन्वय समिति भक्तपुरमा बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकमा सहभागीले प्रदेश नं ३ को राजधानी भक्तपुरमा बनाउन माग गर्दै आजै सरकारलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

भक्तपुर ३ नं प्रदेशका सबै जिल्लाको मध्य भागमा पर्ने, यहाँ आउनजान सबैलाई सहज हुने, पूर्व– पश्चिम नाकाका रुपमा रहेको र प्रदेशका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले भक्तपुरको विकल्प नभएको ठहर गरिएको हो ।

बैठकमा नवनिर्वाचित सांसद महेश बस्नेतले सरकारलाई तत्कालै भाडासमेत तिर्न नपर्ने गरी तयारी अवस्थामा रहेका यहाँका भौतिक संरचना रहेकाले भक्तपुरलाई प्रदेश राजधानी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सानोथिमिमा रहेका शिक्षा मन्त्रालयका खाली हुन लागेका सबै भौतिक संरचनादेखि कृषि विकास तालीम भवन र विद्युत् प्राधिकरणको तालीम भवन समेतलाई सहजै प्रयोगमा ल्याउन सकिने भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य शशिजंग थापाले जगातीस्थित इँटा टायल कारखानाकोे करिब २७० रोपनी जग्गा, सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गा, गठ्ठाघरस्थित हवाई विभागको करिब ३५० रोपनी जग्गा र नीलबाराहीमा रहेको ७०० रोपनी जग्गासमेत यहाँ रहेकाले थप पूर्वाधार आवश्यक परेमा निर्माण गर्न सकिने भन्दै सरकारले भक्तपुरलाई प्रदेश राजधानीका लागि रोज्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि राजाराम खड्का, माओवादी केन्द्रका देवेन्द्र श्रेष्ठलगायत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ लगायतले पनि हरेक दृष्टिकोणले प्रदेश राजधानी बनाउन भक्तपुरको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले सहमति भएका विषयलाई आजै सरकारसमक्ष प्रस्तावका रुपमा पु¥याउने बताउनुभयो ।

त्यसैगरी आजै नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डले भक्तपुरलाई ३ नं प्रदेशको राजधानीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन । बुधबार प्रधानमन्त्री देउवालाई यही माग राखेर ज्ञापनपत्र बुझाएर आए पनि आज थप दबाबका लागि प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको काँग्रेसका नेता निशान ढुंगेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले काँग्रेसको प्रस्तावलाई सकारात्मकरुपमा लिएको उहाँले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan