Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेहुलो बनाउन योग्य मर्द भेटेकी छैन : प्रियंका

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ८ शनिबार
newsabhiyan
newsabhiyan

हलिउडमा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिरहेकी प्रियंका चोपडा मंगलबार राति मुम्बईमा आयोजित जी सिने अवार्डको रेर्ड कार्पेटमा देखा परिन् ।

पत्रकारहरूले प्रियंकालाई अनुष्का शर्मा र विराट कोहलीको बिहेको प्रसंग जोड्दै प्रश्न तेस्र्याइरहे । अनुष्काले बिहे गरिन्, तपाईंको विचार के छ ? अनुष्का र विराटको बिहेबारे तपार्इंको धारणा के छ ?
लगायतका बिहेसम्बन्धी विविध प्रश्नको उनले सामना गर्नुपर्‍यो । प्रियंकाले बिहेसम्बन्धी एकोहोरो आएका प्रश्नहरूलाई चलाखीपूर्ण तवरले टार्दै लगिन् । तर, पनि रिपोर्टरहरूले खोतल्ने प्रयास गरिनै रहे ।

‘अनुष्का र विराटको बिहेसँग मेरो के लेनादेना ?’ प्रियंकाको जवाफको आशय यस्तो थियो । तर, पनि उनी बच्न सकिनन् । अन्ततः उनले आफ्नो बिहेबारे बोल्नैपर्‍यो । ‘जहिले म आफूलाई सुहाउने केटा भेट्छु त्यसपछि मात्रै बिहे गर्छु,’ उनले जवाफ दिइन् । आफूले अहिलेसम्म बेहुलो बनाउनलायक मर्द नभेटेको प्रियंकाको दाबी थियो । अवार्ड कार्यक्रममा उनी डिजाइनर जुबेर मुरादले डिजाइन गरेको पिंक गाउनमा प्रस्तुत भएकी थिइन् ।

प्रियंकाले ‘पद्मावती’ फिल्मप्रति भइरहेको विवादबारे पनि आफ्नो धारणा राखिन् । उनले आफू निर्देशक सञ्जयलीला भन्साली र उनका फिल्मको ठूलो फ्यान भएको बताउँदै पद्मावती छिट्टै रिलिज हुने विश्वास व्यक्त गरिन् । उनले पद्मावतीको मामलामा आफू निर्देशक भन्साली, अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको पक्षमा रहेको र सधैँ सहयोग गर्ने बताइन् । प्रियंका पछिल्ला दिनमा हलिउडमा व्यस्त छिन् । नयाँ पत्रिकाबाट । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan