Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पापड उद्योगबाट आत्मनिर्भर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ८ शनिबार |
newsabhiyan

कञ्चनपुर, ८ पुस (रासस) । कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका भुवन कार्की पापड उद्योग सञ्चालन गरी आत्मनिर्भर बन्नुभएको छ ।

तीन वर्षअघि उहाँले सञ्चालन गर्नुभएकोे खप्तड पापड उद्योगबाट वार्षिक रु २० लाखभन्दा बढीको पापड उत्पादन हुँदै आएको छ ।

पापड उत्पादन गर्नका लागि विगतमा भारतबाट ल्याउँदै आएको कच्चापदार्थ अहिले मेसिन खरिद गरेर स्थानीयस्तरमा नै तयार गरि पापड उत्पादन हुन थालेको उद्योग सञ्चालक कार्कीले बताउनुभयो ।

पापड बिक्री गरेर वार्षिकरुपमा रु सात लाखदेखि रु १० लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाई छ ।

कैलालीको अत्तरियामा चिया नास्ता पसल सञ्चालन गर्दै आएका बेला भारतीय व्यापारीबाट प्रेरणा लिएर घरमै थोरै पूँजीमा उद्योग सञ्चालनमा ल्याई आम्दानी गर्दै आएको उहाँले बताउनुभयो ।

यो उद्योगबाट उत्पादित पापड स्थानीय बजारसँगै, धनगढी, अत्तरिया, महेन्द्रनगर र पहाडी क्षेत्रका जिल्लामा आपूर्ति हुने गरेको छ । उद्योगबाट १० जनाले प्रत्यक्षरुपमा रोजगारीसमेत पाएका छन् । घरपरिवारले समेत उद्योगमा उत्पादनका लागि कार्य गर्दै आएका छन् ।

प्रदेशसभाका सदस्य महेशदत्त जोशीले घरेलु उद्योगले रोजगारी सिर्जना गर्ने भएकाले यसलाई बढावा दिइनुपर्ने बताउनुभयो ।

उहाँले उद्योगका लागि सहुलियत ऋण प्रदान गर्ने र विद्युत् लगायतमा अनुदान दिनका लागि कार्य अगाडि बढाइने बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan