Friday 22nd of June | २०७५ असार ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालीले मन पराए सलमान र कट्रिनाको जोडी, ‘टाइगर जिन्दा हे’ हेरे पछि यस्तो छ दर्शकको प्रतिक्रिया (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ९ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । क्रिसमस तथा नयाँ वर्षको अवसर पारेर रिलिज भएको सलमान खान अभिनीत चलचित्र ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा एउटा नयाँ रेकर्ड बनाएको छ ।

फिल्मको पहिलो दिनको कमाई सुनेर तपाई अचम्म पर्न सक्नुहुन्छ । यो यसकारण कि सन् २०१७ मा सलमान खानको यस फिल्मले कमाए जति कुनै पनि फिल्मले पहिलो दिन कमाएको छैन । मिडिया रिपोर्ट्सका अनुसार चलचित्रले पहिलो दिन नै झण्डै ३८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

यो चलचित्र पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को सिक्वेल हो । जसले बक्स अफिसमा ३०० करोडभन्दा बढी व्यापार गर्दै आमिर खानको चलचित्र ‘गजनी’ को रेकर्ड तोडेको थियो । ‘एक था टाइग’ ७५ करोडको बजेटमा निर्माण भएको थियो भने चलचित्रले झण्डै ३२० करोड कमाएको थियो ।

सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अली अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैफले सलमानको को–स्टारको रुपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् । फिल्म एकदमै राम्रो बनेको भन्दै यसरी दर्शकहरुले प्रतिक्रिया दिएका छन्।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan