Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाङराङ – बुटवल सीधा बस सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २० बिहिबार |
newsabhiyan

फलेवास, पर्वत, २० पुस । फलेवास नगरपालिकाका–११ पाङराङदेखि बुटवलसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ ।

यही पुस १० गतेदेखि पाङराङदेखि स्याङ्जाको वालिङ हुँदै बुटवलसम्म वालिङ–हुवास यातायात समितिले बस सञ्चालनमा ल्याएको हो । आलोपालो गरी तीन डिलक्स बस सञ्चालन गरिएको समितिका सदस्य राधाकृष्ण पाठकले जानकारी दिनुभयो ।

बस सञ्चालन भएसँगै फलेवास नगरपालिकाका कुर्घा र पाङराङ तथा बिहादी गाउँपालिकाका सबै वडाका यात्रुले नियमित रुपमा यात्रा गर्ने गरेका छन् ।

हरेक दिन बिहान ६ः४० देखि पाङराङको कर्नासबाट छुट्ने बस अपराह्न ३ बजे बुटवल पुग्छ । पाङराङदेखि बुटवलसम्मको भाडा रु ५५० कायम गरिएको छ । पाङराङबाट बुटवलसम्मका लागि सीधै बस सञ्चालनमा नहँुदा दुई दिन लगाएर कुस्मा–नारायणगढ हुँदै बुटवल पुग्नुपर्ने बाध्यता थियो ।

यसैगरी हरेक दिन बर्दघाटदेखि बुटवल, स्याङ्जा वालिङ हँुदै हुवास, रानीपानी, बाच्छा र पाङराङसम्मका लागि पनि बस सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan