Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कमिसन बढाउन ग्यास बिक्रेता महासंघको माग

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २३ आइतबार |
newsabhiyan

काठमाडौँ, २३ पुस (रासस) ः ग्यास बिक्रेता महासंघले ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ग्यास डिलरले हाल पाउँदै आएको रु ३२ को कमिसनलाई ६७ पु¥याउनुपर्ने माग गरेको हो ।

ग्यासमा लगाउँदै आइएको मूल्यअभिवृद्धि कर (भ्याट) व्यवसायीले फिर्ता पाउने भएकाले त्यसलाई खारेज गरेर उपभोक्तालाई राहत दिनुपर्ने माग गरको अध्यक्ष अर्यालले राससलाई जानकारी दिनुभयो । सरकारले ग्यासमा १३ प्रतिशत भ्याट लगाउँदै आएको छ ।

उहाँले विराटनगर तथा वीरगञ्जमा ग्यासको मूल्य उपत्यकाको भन्दा रु ५० कमी हुनुपर्ने माग गरेको बताउनुभयो । काठमाडौँमा ढुवानीमा बढी खर्च लाग्ने भएकाले सोही बराबरको मूल्य सीमा क्षेत्रका शहरमा हुन नहुने महासंघको तर्क छ ।

उक्त मागका बारेमा प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसँग छलफल गरेर निर्णय लिने बताउनुभएको अर्यालले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan