Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाङमा आजदेखि हवाई सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २३ आइतबार |
newsabhiyan

तुलसीपुर, दाङ, २३ पुस (रासस) ः लामो समयदेखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन शुरु भएको छ ।

आजदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो ।

आज पहिलो उडानमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता प्रकाश ज्वाला, दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयसहित यात्रु बनेर दाङ आउनुभएको थियो ।

जहाज अवतरण भएपछि विमान चालक, उपप्रधानमन्त्री महरासहितको टोलीलाई टरिगाउँ विमानस्थलमा स्वागत गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री महराले हवाई सेवालाई अब नियमित गराइने बताउनुभयो । उहाँले धावन मार्गको क्षेत्र विस्तार र इन्धन डिपोको निर्माणका लागि आफूले पहल गरिरहेको बताउनुभयो ।

फरक प्रसङ्गमा महराले अबको तीन हप्तापछि वाम गठबन्धनको सरकार बन्ने बताउनुभयो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण कुनै पनि हालतमा नरोकिने उहाँको भनाइ थियो ।

तत्कालका लागि दाङबाट काठमाडाँैका लागि प्रतिव्यक्ति रु ६ हजार ८०० देखि रु सात हजार २०० सम्म भाडा तोकिएको छ भने काठमाडौँबाट दाङका लागि रु सात हजार २०० भाडा निर्धारण गरिएको छ । समिट एयरले हप्तामा आइतबार र शुक्रबार उडान भर्ने जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan