Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेन्ट्रल फाईनान्सको २६ करोड रुपैयाँको हकप्रद सेयर खुल्ला

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २४ सोमबार
newsabhiyan

काठमाडौं, २४ पुस । सेन्ट्रल फाईनान्सले २६ करोड तीन लाख ३१ हजार चार सय रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।

फाईनान्सले चुुक्ता पुंजी बृद्धिको लागि यही पुुस २३ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २६ लाख तीन हजार तीन सय १४ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

बिक्री प्रर्वन्धक एनआईबिएल क्यापिटल लिमिटेड रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री कार्य माघ २८ गतेसम्म जारी रहने छ ।

अघिकृत पुंजी एक अर्ब चार करोड तथा जारी पुंजी ७८ करोड नौ लाख ९४ हजार दुुई सय २२ रुपैयाँ रहेको फाईनान्सको हाल चुक्ता पुंजी ५२ करोड छ लाख ६२ हजार आठ सय १५ रुपैयाँ रहेको छ ।

हकप्रद सेयरको बिक्री पश्चात फाईनान्सको चुक्ता पुंजी ७८ करोड नौ लाख रुपैयाँ नै पुुग्ने छ । फाईनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा २१ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan