Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाँणिज्य बैंकहरुलाई चुक्ता पुंजी कै चटारो, २८ मध्ये कुुन–कुुनले पुर्याए आठ अर्ब चुक्ता पुंजी (तालिका सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ पुस । बाँणिज्य बैंकहरुलाई चुक्ता पुंजी कै चटारो परेकोे छ । राष्ट्र बैंकले बाँणिज्य बैंकहरुलाई सहुलियत दिदै न्युुनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्न पुस मसान्त्सम्मको समय दिएकोमा हालसम्म एक दर्जन भन्दा बढी बाँणिज्य बैंकहरुले न्युुनतम चुक्ता पुंजी पुर्याएका छन् ।

यसबाहेक बाँकी बैंकहरुले भने गत आर्थिक बर्षको खुद मुनाफाबाट बोनस सेयर जारी गर्दे उक्त बोनसले समेत आठ अर्ब रुपैयाँ चुक्ता पुंजी नपुुग्ने अवस्थामा हकप्रद तथा मर्जर र प्राप्तीको प्रकृयाद्धारा न्युनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्ने अन्तिम तयारीमा रहेका छन् ।

मेगा बैंकले न्युनतम चुक्ता पुंजी कायम गर्न टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने अन्तिम तयारी गरिरहेको छ । टुरिजमलाई गाभ्दा मेगाको चुक्ता पुंजी झण्डै १० अर्ब रुपैयाँ पुग्ने छ । यसैगरी प्रभुु बैंकले पनि न्युनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्न यही माघ सात गतेबाट दुुई अर्ब ३५ करोड ५२ लाख ६० हजार रुपैयाँको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

यि बाहेक कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक सहितका १३ वटाको चुक्ता पुँजी आठ अर्ब भन्दा माथि रहेको छ । स्टान्र्टड चार्टड बैंकले पनि सत् प्रतिसत बोनस सेयर जारी गरी आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याउने तयारी गरेको छ भने एभरेष्ट बैंकले पनि बोनस सेयर मार्फत न्युुनतम चुक्ता पुंजी कायम गर्न लागेको छ ।

यि बाहेक हिमालयन बैंक, जनता बैंक, एनएमबी बैंक, प्राइम कमर्सियलसहितका आठवटा बैंकको चुक्ता पुँजी भने छ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यि बैंकहरुले पनि बोनस सेयर मार्फत न्युुनतम चुक्ता पुंजी कायम गर्ने तयारीमा रहेका छन् ।

कुुन–कुुन बैकले चुक्ता पुंजी आठ अर्ब पुर्याए  (रकम रु. हजारमा)

क्र.सं.  बैंकको नाम चुक्ता पुँजी
कृषि विकास बैंक  १२५२०३९२
नेपाल इन्भेष्टमेन्ट बैंक  १०६२६४३६
ग्लोबल आईएमई बैंक  ८८८८३७६
४  सनराइज बैंक  ८१५२५५८
५  सिटिजन बैंक  ८०२९१६०
सानिमा बैंक  ८००१२५५
नबिल बैंक  ८०४३२२१
८  एनआईसी एसिया बैंक  ८०३११७
राष्ट्रिय वाणिज्य बैंक  ८५८८९७२
१० एनबी बैंक  ८०८५५९९
११ लक्ष्मी बैंक  ८२१९६५३
१२ माछापुच्छ्रे बैंक  ८०३१६१९
१३ नेपाल बैंक  ८०४२६६२
१४ एभरेष्ट बैंक  ६११५२३५
१५  जनता बैंक  ६९९३९६४
१६ हिमालयन बैंक  ६४९१६२४
१७ एनएमबी बैंक  ६४६१७७४
१८ प्राइम कमर्सियल बैंक  ६३२५४३२.१८
१९ सिद्धार्थ बैैंक  ६८४४९४९
२० नेपाल एसबीआई बैंक  ६९७१७९८
२१ एनएमबी बैंक  ६४६१७७४
२२ बैंक अफ काठमाडौं  ५६२९५७६
२३ सिभिल बैंक  ५१८५२२२
२४  कुमारी बैंक  ५९६९४९६
२५ सेञ्चुरी कमर्सियल बैंक  ५४६०६२९
२६  मेगा बैैंक  ४५८२३१३
२७  स्टान्डर्ड चार्टर्र्ड बैंक  ४००५७१७
२८ एनसीसी बैंक  ४६७९०५८

 (स्रोत : बैंकहरुको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan