Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाट्टामा पाण्डे समूहद्वारा उम्मेदवारी घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २४ सोमबार |
newsabhiyan

काठमाडौँ, २४ पुस । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)मा सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको छ ।

नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा आज काठमाडौँमा संयुक्त व्यवसायी प्यानलको तर्फबाट पाण्डेको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्ष सुनिल शर्मा, महासचिव रमेश थापा, सचिव हरिभक्त श्रेष्ठ, कोषाध्यक्ष राजकुमार थापामगर र सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराई रहनुभएको छ ।

यस्तै सदस्यमा इनु थापा, कुमारमणि थपलिया, फुरी ग्याल्जेङ शेर्पा, सुदर्शन नेपाल, रमेश पौडेल, देवकी गुरुङ, राजु ढकाल र रमेश श्रेष्ठको नाम घोषणा गरेको हो ।

घोषणा सभामा अध्यक्षका दाबेदार पाण्डेले राजनीतिक आस्थाभन्दा माथि उठेर नाट्टामा काम गर्ने बताउनुभयो । उहाँले नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।

नाट्टाको ५१औँ साधारणसभा यही पुस २८ गते काठमाडौँमा हुँदैछ । पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता स¬ंगठन नाट्टाको भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा रहेको छ । साधारणसभामा ४६७ मतदाताले भाग लिँदैछन् । (रासस)  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan