Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प’ सोमवारबाट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २४ सोमबार |
newsabhiyan

 काठमाडौं । बालाजु अटोवर्कस्ले ‘महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प’ योजना सोमवारदेख शुरु गरेको छ ।

नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कस्ले सोमवारबाट महिन्द्रा फोर ह्विल गाडीहरुको लागि नेपालभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट निशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको छ ।

यो योजनामा निःशुल्क सर्भिसिङ्गको साथसाथै स्पेयर पार्ट, लुब्रिकेण्ट, तथा अन्य एक्सेसरिजमा पनि विशेष छुटको व्यवस्था मिलाइएको छ । कम्पनीले स्पेयर पार्टस खरीदमा १२ प्रतिशत, लुब्रिकेण्टमा १५ प्रतिशत तथा एक्सोसरिजको खरीदमा विशेष छुटको व्यवस्था मिलाएको छ ।

यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न ७५ जाँच गर्दछन् । यो फ्रि सर्भिसिङ् सेवाको लागि ग्राहकहरुले आफ्नो नजिकै रहेको महिन्द्राको आधिकारिक वर्कसपमा सम्पर्क राखी बुकिङ्ग गर्न सक्नेछन् ।

साथै कम्पनीले टोल फ्रि नम्बरहरू १६६००–१००–२०० मा सम्पर्क गरी थप जानकारी पाउन सकिने व्यवस्था मिलाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan