Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकेको बोनस पाउन पनि महिनौं ढिला ,किन हुन्छ ढिलाई ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २४ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ पुस । साधारणसभाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको लामो समयसम्म पनि अधिकांश कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा त्यसलाई सूचीकृत गरेका छैनन् ।

बैंक वित्तीय संस्थालगायतले कम्पनी ऐनको दफा १८२ अनुसार साधारणसभा सकेको ४५ दिनभित्र सम्बन्धित सेयरधनीले आफ्नो हिस्सा पाइसक्नुपर्ने उल्लेख छ ।

सूचीकृत कम्पनीहरुले वितरण गरेको लाभांश सूचीकृत गरेपछिमात्र व्यवहारत पाउने गर्छन् । पछिल्लो समयमा साधारणसभाबाट बोनस सेयर पारित गरेका कम्पनीले अझै पनि नेप्सेमा बोनस सेयर सूचीकृत गरेका छैनन् ।

बोनसका लागि सेयर किनेका सेयरधनीले बुक क्लोज भएको लामो समयपछि हुने साधारणसभा र त्यो सभाले पारित गरेको महिनौं बित्दा पनि बोनस सेयर पाउने गरेका छैनन् ।

धितोपत्र बोर्डले यस विषयमा नियम बनाए पनि नियम पालना नगर्ने कम्पनीहरुलाई कुनै कारबाही नगर्दा लगानीकर्ता मर्कामा पर्ने गरेका छन् । नविल बैंकले गत असोज १० गते साधारणसभाबाट बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।

तर, अझैसम्म सेयर धनीको खातामा बोनस सेयर पुगेको छैन । र, दोस्रो बजारमा कारोबार गर्न नेप्समा सूचीकृतसमेत गरेको छैन । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लगायतका बैंकले पनि सूचीकृत गरेका छैनन् । बोनसमा मात्र हैन, हकप्रद सेयर पनि बाँडफाँट भएको महिनौं बित्दासमेत सूचीकरण हुने गरेको छैन ।

किन हुन्छ ढिलाई ?
सेयरधनीलाई साधारणसभाबाट पारित गरेको लाभांश ४५ दिनभित्र दिइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर कम्पनीहरुले यसलाई आफ्नै हिसाबले ब्याख्या गर्ने गरेका छन् ।

ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी पारसमणि ढकालले कानुनले नगद लाभांशलाई मात्र संबोधन गरेको बताउँछन् ।

बोनस सेयरको सम्बन्धमा ४५ दिनको नीतिगत व्यवस्था नभएको दाबी गर्दै उनले कतिपय प्रक्रियागत कारणले पनि सूचीकृत गर्न ढिलाइ हुने गरेको बताए ।

बोनस सेयर विवरण गर्नुअघि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिनु पर्ने तथा अन्य नियमनकारी निकाय तथा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा हुने प्रक्रियाले गर्दा सूचीकरण ढिलाई हुने गरेको ढकालले बताए ।

के छ नियममा ?
कम्पनी ऐन, २०६३ को दफा १८२ मा लाभांश दिने व्यवस्था गरिएको छ । कम्पनीले बोनस सेयर वितरणको लागि साधारणसभाबाट पारित गर्नुपर्ने हुन्छ । संस्थाको प्रबन्धपत्र तथा नियमावली पनि संशोधन गर्नुपर्ने हुन्छ । कम्पनीले साधारणसभाको माइन्यूट नियमनकारी निकायबाट पास गर्नुपर्छ ।

कम्पनीले संशोधन गरिएको प्रबन्धपत्र तथा नियमावलीसहित बोनस सेयरको लगत विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनुपर्ने हुन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएपछि धितोपत्र बोर्डबाट बोनस सेयर सूचीकृत गर्ने स्वीकृति पाउँछ । बोर्डले स्वीकृति दिएपछि केन्द्रीय निक्षेप प्रणालीमा सूचीकरण भएपछि नेप्सेमा कारोबार सुरु हुन्छ ।

किन हुँदैन समयमा वितरण ?
कम्पनी ऐन २०६३ को दफा १८२ मा लाभांश दिने व्यवस्था छ, तर लाभांशलाई नगदका रुपमा मात्र हेरिएको छ । बोनस सेयरलाई स्ष्टरुपमा व्यवस्था गरिएको छैन । ऐनको दफा १७९ मा बोनस सेयरको व्यवस्था भए पनि समयमा वितरण गर्ने समय तोकिएको छैन ।

कम्पनीहरुले माथिका दुवै दफामा भएको अस्पष्टतालाई आधार मानेर बोनस सेयर वितरणमा ढिलाई गरेका हुन् । धितोपत्र बोर्डका अनुसार, नगद लाभांश तथा बोनस सेयरको सम्बन्धमा दफा १८२ अनुसार नै वितरण गर्नु पर्ने हुन्छ । यसको लागि बोर्ड आफैंले कुनै निर्देशन गर्न सकेको छैन ।

बोर्डका निर्देशक डा.नवराज अधिकारीले ऐनको दफा अनुसार कम्पनीले बोनस सेयर वितरण गर्नुपर्ने बताए । लाभांश वितरण बारे कानुनमा स्ष्ट व्यवस्था हुँदाहुँदै पनि ढिलाई गर्नु गलत भएको जानकारी दिँदै बोर्डका निर्देशन मुक्तिनाथ श्रेष्ठले अहिलेसम्म ढिलाईबारे उजुरीसमेत नपरेको बताए,  सेयर बजारमा उल्लेख छ ।

तर, लगानीकर्ताले बोर्डको हटलाईनमा पटक पटक उजुरी टिपाउँदा पनि बोर्डले कुनै कारबाही नगरेको गुनासो गर्ने गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan