Monday 17th of December | २०७५ पौष २ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचन आयोग देशी बिदेशी शक्तिको तुरुप बन्यो : पूर्वमन्त्री राई

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २५ मंगलबार |
newsabhiyan
newsabhiyan

भक्तपुर २५ पुस । नेकपा एमालेको युवा नेता एवं पूर्व मन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाउनु भएको छ ।

रफत  सञ्चार क्लबमा आयोजीत साक्षात्कार कार्यक्रममा बोल्दै  उहाँले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशी बिदेशी शक्तिको तुरुपको र संबिधानको मर्म बिपरित गएर काम गरिरहेको आरोप लगाउनु भएको हो ।

उहाँले बर्तमान  देउवा सरकाले जनआदेश र संबिधान बिपरित गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण बिषय अव बन्ने बाम गठबन्धनको सरकारलाई मान्य नहुने बताउनु भयो ।

बामगठबन्धन टुटाउन देशी बिदेशी शक्ति लागिपरेको बताउँदै उहाँले भन्नु भयो जनताले पार्टी एकिकरण गर्न नसके पनि न्यूनतमा पाँच वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकोले अव एमाले र माओबादी यसबाट पछि हट्न सक्दैनन् ।

एमाले अध्यक्ष केपी शर्मा आली र माओवादी अध्यक्ष प्रचण्डको बिकल्प नभएको भन्दै उहाँले नयाँ पुस्ता सक्ष्म भएता पनि बाम गठबन्धन भित्र केही ब्यक्तिहरुले नयाँ पुस्ताको प्रधानमन्त्रीमा दाबी भन्ने समय सापेक्ष नरहेकोे बताउनु भयो ।

प्रदशे सरकारका लागि सबै भन्दा ठूलो बिषय आर्थिक पाटो रहेको बताउँदै समस्याहरु रहेता पनि यसको समाधान गर्न आफ्नो स्रोत साधनको उपयोग र भ्रष्टाचार मुक्त देश तर्फ बढ्न नसके थप जटिलता निम्ताउने दाबी गर्नु भयो ।

अव केहि समयमै बन्ने प्रदेश नं एकको प्रदेश तर्फको मुख्य मन्त्री आफू बन्ने भन्दै त्यसका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको उहाँले बताउनु भयो ।


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan