Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष : सुवासका कारण केपी संकटमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ पुस । एकीकरणको संयोजनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शिर्ष तहको पद बाँडफाँडमा सैद्धान्तिक सहमतिको खाका बनेको छ ।

आगामी सरकारको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत बामपन्थी पार्टीको सह-अध्यक्ष रहने छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी हाइ कमान्डको कार्यकारी पदमा रहने सहमति बनेको छ ।

यस्तो सहमति ओली र प्रचण्डबीचको बैठकमा भएको छ । यसले एकता संयोजन समितिको बैठक डाक्न सहज भएको छ । एकतापछि दुबै पार्टीको मुख्य नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकता संयोजन समितिको बैठक समेत बस्न सकेको थिएन ।

बैंकक जानुअघि ओलीले प्रचण्डसँग गोप्य रूपमा गरेको सहमतिबारे माओवादी स्रोतले भन्यो, ‘विवादरहित
नेतृत्वका लागि यस्तो सहमतिको खाका तयार भएको छ । यहि खाकाको आधारमा एकता संयोजन समितिले अन्य प्राविधिक कामको टुंगो लगाउनेछ ।’

बामपन्थी एकीकरणमा प्रभावकारी चासो भारतीय पक्षको पनि रहेका कारणले यस्तो सहमति बनेको हो । भारतीय पक्षले ओलीले अध्यक्ष नछाडे प्रचण्डलाई प्रधानमन्त्रीमा अघि बढाउनका लागि सुझाव दिएको थियो ।

तर, ओली कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने भएपछि प्रचण्डले पार्टीको नेतृत्व पाउने पक्का भएको छ । प्रचण्डको नेतृत्वलाई एमालेका अन्य नेताले पनि स्वीकार गर्ने भएपछि ओली यो निष्कर्शमा पुगेका हुन् । यस्तो सैद्धान्तिक सहमति बामपन्थी गठबन्धन बन्नु अघि नै भएको थियो ।

बामपन्थी गठबन्धन घोषणापूर्व नै प्रचण्डले प्रधानमन्त्री भन्दा पार्टी कमान्डमा आफ्नो रूची देखाएका थिए । उक्त रूची सम्बोधन गर्नका लागि नै ओलीले गठबन्धनमा सहमति जनाएका थिए ।

आइतबार राती ओलीनिवासमा बालकोटमा भएको भेटमा प्रचण्डसँग ओलीले यस्तो समझदारीमा अघि बढ्ने बताएका थिए । तर, उनले प्रधानमन्त्री पदका लागि अन्य विकल्पमा नजानका लागि आग्रह समेत गरेका थिए ।

प्रचण्डले चाहेको बेलामा आफू प्रधानमन्त्री बन्नसक्ने अवस्था रहेपनि तत्काल पद भन्दा बामपन्थी ध्रुवीकरण र एकतालाई प्रभावकारी प्रयोग गर्न उद्दत रहेको बताउँदै आएका थिए ।

प्रचण्ड एकीकृत कम्युनिष्ट पार्टीको उपल्लो घेराको हाईकमाण्ड गर्नका लागि पहिलेदेखि नै उद्दत छन् । ‘प्रचण्डले कम्युनिष्ट पार्टीलाई बलियो बनाउन सक्ने आधारमा छलफल भएरै गठबन्धन र एकताका लागि दुई दल अघि बढेका हुन् ।’, स्रोतले भन्यो, ‘प्रचण्ड अध्यक्ष हुनेमा अब शंका छैन ।’

सुवासका कारण केपी संकटमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि पूर्वसभामुख सुभाषचन्द्र नेम्वाडको प्रमुख भूमिका रहेको भन्दै एमालीभित्र बिरोध हुन थालेको छ ।

ओलीको कानुनी सल्लाहकारको रूपमा एक दशक यता नजिकिँदै आएका अधिवक्ता नेम्वाडलाई राजनीतिज्ञको भूमिकामा स्थापित गर्न ओलीले भूमिका खेलेका थिए तर ओलीको गुनलाई सुवासले तिर्नु त परै जाओस असफल बनाउन लागेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत विवादमा तानेर सुवास एमाले भित्र बैकल्पिक नेताको रूपमा आफूलाई अघि सारिरहेका छन् । पछिल्लो राजनीतिक घटनाक्रममा सुवासले केपीलाई दिएका सबै कानुनी सल्लाहरू अफावसिद्ध भएका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचन सम्पन्न गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा काम चलाउ भएको र देउवा नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश जारी गर्नु संविधानविपरित भएको भन्दै त्यसका बिरूद्ध बोल्न सुवासले केपीलाई उक्साएका थिए ।

सुवासको कानुनी सल्लाह बमोजिम केपीले पनि दुई सातासम्म देउवालाई गाली गर्दै हिँडे । केपीले पनि सुवासले भने बमोजिम प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएको भनेर प्रधानमन्त्री देउवालाई धन्यवाद दिनु त कता हो कता देउवालाई तथानाम गाली गर्दै हिँडे ।

मर्ता त क्या डर्ता भने झैं ओलीको दुई सातासम्म सार्वजनिक रूपमा गाली र आरोप खेपेका प्रधानमन्त्री देउवा यति बेला ओलीलाई नै अप्ठ्यारो पार्ने निष्कर्षमा पुगेका छन् । संविधान बमोजिम व्यवस्थापिका संसद नरहेको अवस्थामा आवश्यक परेको कानुन निर्माण गर्न सरकारले अध्यादेश ल्याउनु पर्छ ।

तर सरकारले अध्यादेश नै ल्याउन पाउँदैन र आफूहरुले भने झैं विधेयकमा बहुमतीय प्रणालीबाट राष्ट्रिय सभाका सदस्य निर्वाचन गर्ने व्यवस्था गर्नु पर्छ भनेर धम्क्याए पछि देउवा यतिबेला केपीसँग रुष्ट बनेका छन् ।

सुवासले भने झैं राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी नगरी आलटाल गर्न थालेपछि सर्वोच्च अदालतमा उनी विरुद्ध नै मुद्धा परेको थियो । आफूविरुद्ध नै मुद्धा परेपछि राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी थिइन्, जनप्रहारमा उल्लेख छ ।

सुवासकै सल्लाहमा केपीले प्रदेश सभाको प्रमुख देउवा नेतृत्वको सरकारले गर्न नपाउने भन्दै कामचलाउ सरकारद्वारा नियुक्त प्रदेश प्रमुखबाट एमालेका सांसदले सपथ नखाने भनेर सार्वजनिक घोषणा गरेका थिए । देउवाले राष्ट्रिय सभाको गठन गर्न कानुन आवश्यक भएको र त्यस्तो कानुन बमोजिम निर्वाचन गर्न सरकारले एक महिना पछिको मिति तोकेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan