Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टाटा नेक्सनको बुकिङ सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २६ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । टाटा मोटर्सले बोल्ड र स्पोर्टी एसयूभी टाटा नेक्सनको बुकिङ सोमबारदेखि सुरु हुने भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नयाँ कारको बुकिङ खुलाएको हो ।

सहरी क्षेत्रका लागि सहज र उत्कृष्ट मानिएको टाटा नेक्सनमा कारमा हुनुपर्ने सबै विशेषता समावेश गरेको दाबी कम्पनीको छ । 
टाटा नेक्सनको बुकिङका लागि उपभोक्ताले २५ हजार रुपैयाँमा गर्न सक्नेछन् ।

इन्डिया अटो एक्सपो २०१४ मा पहिलो पटक प्रदर्शनमा आएको टाटा नेक्सन त्यो बेलादेखि नै चर्चाको विषय बनेको टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड प्यासेन्जर भेइकल डिभिजन सुजन रोयले बताए ।  स्टाइलिङ र तारिफ योग्य विशेषताहरुले टाटा नेक्सन युवा ग्राहकहरुको लागि सहरी क्षेत्रमा उत्कृष्ट सावित हुने उनको विश्वास छ । 


टाटा नेक्सनमा दुई नयाँ इन्जिन, रिभोट्रोन सिरिजको १.२ लिटर टर्बोचार्जयुक्त पेट्रोल र १.५ लि डिजल इन्जिनमा उपलब्ध हुनेछ । सहज र सरल ड्राइभको लागि ६ स्पिड ट्रान्समिसन कारमा उपलब्ध हुनेछ भने नेक्सनमा २ सय एमएमको ग्राउण्ड क्लियरेन्स रहेको जनाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan