Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्सको माघ १५ गतेबाट २८ करोड ६७ लाखको हकप्रद

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २६ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ पुस । श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीले २८ करोड ६७ लाख २२ हजार पाँच सय ६२ रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।

फाईनान्सले हाल कायम रहेको चुक्ता पुंजी ३४ करोड ५४ लाख ४८ हजार आठ सय ७० रुपैयाँ मध्येबाट १० बराबर आठ दसमलव तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २८ लाख ६७ हजार दुुई सय २५ दसमलव ६२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रर्वन्धक सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत यही माघ १५ गतेबाट खुुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य फागुुन २० गतेसम्म जारी रहने छ ।

अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी ६३ करोड २९ लाख ७१ हजार चार सय ३२ रुपैयाँ रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ६३ करोड २१ लाख ७१ हजार चार सय ३२ रुपैयाँ पुुग्ने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan