Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल बार प्रधानन्यायाधीशको 'रक्षा कवज' बनेर उभिन्छ : केसी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले आफूहरु प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा 'रक्षा कवज' बनेर उभिने बताएका छन् ।


बिहीबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष केसीले सर्वोच्च अदालतको पछिल्लो आदेशमा प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकता झिकाउन भनिएको विषयलाई गलत रुपमा प्रचार गरिनु दुःखदायी भएको टिप्पणी गरे ।

उनले भने,‘उहाँको नागरिकता र प्रमाणपत्रको बारेमा कुरा उठेकोले हेर्नको लागि मगाईएको हो, नागरिकता र प्रमाणपत्र ल्याउनु भनेको विषयमा दलका नेताहरुले सडकमा गएर अदालतको बारेमा बोल्नु भनेको गलत हो, यो कानूनी राज्यमाथिको प्रहार हो, यो काम हामीलाई सह्यै छैन्।’

पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे यसअघिपनि कुरा उठेकोमा न्याय परिषद र संसदीय समितिले समेत गलत नपाईएको भनेर स्पष्ट पारेको अवस्थामा अहिले आएर फेरि विवादित बनाउनु गलत भएको उनको भनाई थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan