Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमालेले यसरी सम्झियो पृथ्वीनारायण शाहलाई

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २७ बिहिबार |
newsabhiyan
newsabhiyan


काठमाडौं, २७ पुस । एमालेका अध्यक्ष केपी ओलीले पृथ्वीनारायण शाहकै कारण सबैले नेपाली भनेर गर्व गर्न पाइएको जनाएको छ । एमालेले पृथ्वीनारायण शाहलाई सम्मान स्वरुप सम्झिएको हो ।

राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताएका हुन् ।

विभिन्न टुक्रामा विभाजित यस भूगोललाई एकीकरण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पिता पुर्खाहरूले गरेका हुन्’, उनले भनेका छन्, ‘जसका कारण आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं ।

इतिहासको यस संरचनालाई बेलाबखतमा विभिन्न तत्वहरूले विखण्डन गर्न पनि नखोजेका होइनन् ।’ ओलीले भनेका छन्, ‘तर नेपालीहरूले यस्ता प्रयासलाई सजिलै परास्त गरेर अखण्ड नेपालको रुपमा कायम राखेका छन् ।’

ओलीले अझै पनि नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्ने तत्वहरू रहेको बताएका छन् । उनले भने, ‘विखण्डनकारी तत्वहरू कमजोर भइसकेका छन् ।'


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan