Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवराज लुक्दै अमेरिका पुग्ने !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २७ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । आफ्ना कर्तुत लुकाउन मलेसिया पुगेका नेपाल प्रहरीका पूर्व डिआइजी एवं ललितपुर १ का एमाले सांसद नवराज सिलवाल लुक्दै अमेरिका पुग्ने भएका समाचार स्रोतले बताएको छ ।

कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी नुहँदै मलेसिया पुगिसकेका सिलवाल तत्काल स्वदेश नफर्कने निकटस्थ स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्ने डरले सिलवाल एक कार्यक्रममा सहभागी हुने बहाना बनाएर पक्राउ पूर्जि जारी नहुदै लुक्न मलेसियाको क्वालालम्पुर पुगेका थिए । यो पनि पढ्न्होस् : नवराज सिलवाल अन्डरग्राउण्ड : एमालेले जवाफ दिनुपर्छ कि पर्दैन ?

स्रोतका अनुसार बाम गठबन्धनको सरकार नबन्दासम्म अन्य मुलुक चाहार्दै उतै लुक्ने सिलवालको तयारी छ । सिलवाल मलेसियाबाट केहि दिनमा अमेरिका पुग्ने सेटिङ मिलाइरहेका छन् ।

बाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि मात्रै नेपाल आउँदा लफडाबाट मुक्त हुन सजिलो हुने ठानेर सिलवाल त्यतिञ्जेल विदेशमै बस्ने योजना बनाएका उनी निकटका एक एमाले कार्यकर्ताले बताए ।

संयुक्त राष्ट्रसंघीय मिसनमा काम गरेका सिलवालसँग अमेरिकाको ‘मल्टिपल’ भिसा छ, अभियान टाइम्समा उल्लेख छ । 

सर्वोच्च अदालतले प्रहरी प्रमुख नियुक्तिका बेला अरु दाबेदारमध्ये आफू अब्बल रहेको दाबीसहित प्रमाणका रुपमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन किर्ते भएको दाबीसहित छानबिन गर्न निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । काठमाडौं प्रहरी परिसरले सिलवाललाई पक्राउ गरेर बुझाउन पक्राउ पुर्जी ललितपुर परिसरमा पठाएको छ ।  यो पनि पढ्न्होस् : सिलवाल किर्ते काण्ड हंगामा : एसएसपी धानुकको मिलेमतोमा भूमिगत ! पढ्नुहोस् नालीबेली


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan