Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र ‘नेप्कीन’ को ट्रेलर रिलिज

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । पुरानो सिनामगंलका युवाहरुले सत्य घटनालाई पर्दामा उठाउँदै ‘नेप्कीन’ नाम दिएर यो फिल्म निर्माण गरेका हुन् ।

ट्रेलरमा वेराजगारीका कारण युवाहरुले धन कमाउन अपनाउने गलत बाटोलाई देखाइएको छ । गुण्डागर्दी, अपराध र त्यसपछि हुने बदलाभको भावनालाई ट्रेलरमा समेटिएको छ ।

युवा निर्देशक विनायक लामिछाने निर्देशित ‘नेप्कीन’ मा प्रदीप गिरी, अनिता बस्नेत, विनायक लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ, सन्तोष लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुवास मगरले छायांकन गरेको फिल्ममा भूपेन्द्र बानको द्धन्द रहेको छ । बाढीपीडितको सहयोगार्थ देशका विभिन्न ठाउँमा यो चलचित्रको च्यारिटी शो गरिएको छ । फिल्मको रिलिज मिति भने तय हुन बाँकी छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan