Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘१८ गते गोरु फाइनल, २४ गते नेता फाइनल’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २७ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २७ पुस । माघ १८ गते नुवाकोटको तारुकामा १९ गोरु जुधाउने कार्यक्रम तय भएको छ । जुन गोरुले जित्छ, उसले पाँच र तीन हजार पुरस्कार पनि पाउनेछन् ।

यता २४ गते राष्ट्रिय सभाको फाइनल चुनाव हुनेछ र यसपछि संघीयतासहितको नयाँ संसद र नयाँ सरकार बन्ने फाइनल अभियान सुरु हुनेछ ।

केपी ओलीको नेतृत्वको वाम मोर्चाले बहुमत जितेकाले सातै प्रदेश र केन्द्रमा यिनको निर्णायक भूमिका र यिनकै पार्टीले सरकार निर्माण गर्नेछ भने लोकतान्त्रिक गठबन्धनका नेता शेरबहादुर देउवाले चुनाव हारेकाले यो गठबन्धन प्रतिपक्षमा पुग्नेछ ।

लोकतान्त्रिक गठबन्धन लज्जाजनक हार बेहोर्नुपरेकाले प्रतिपक्षीको भूमिका साह्रै कमजोर हुनेछ । कुनै चमत्कारिक रणनीति ल्याउन सकेनन् भने कांग्रेस आगामी पाँच वर्ष र अरु कति वर्ष प्रतिपक्षमा बस्नुपर्ने हो भन्न सकिन्न ।

१८ गते नुवाकोटको तारुकामा गोरु जुधाईको फाइनल, २४ गते राष्ट्रियसभाको नेता जुधाईको फाइनलपछिका दृश्य रोमाञ्चक हुने पक्का छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan