Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थापाको चियापानमा अन्य शीर्ष नेता किन गएनन ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २७ बिहिबार |
newsabhiyan

काठमाडौं, २७ पुस । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रनायक पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।


गणतन्त्र आएपछि पहिलोपटक पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदा समेत दियो । सरकारले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म सहभागी भएका थिए । उनीहरुले मुक्तकण्ठले शाहको योगदानको बारेमा प्रशंसा गरेका छन् ।

तर सरकारकै उपप्रधानमन्त्री रहेका राप्रपा अध्यक्ष कमल थापाले आयोजना गरेको विशेष चियापान समारोहमा भने देशका राजनीतिक हस्तीहरुको उपस्थिति भने देखिएन् । थापाले आयोजना गरेको चियापानमा शीर्ष नेताहरुको उपस्थिति न्यून रह्यो । प्रमुख दलका प्रायः नेताहरु आएनन् । प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक शीर्ष नेताहरु आएनन् । कांग्रेसबाट पनि कोही नेताहरु देखिएनन् ।

यस्तै नेकपा एमालेबाट नेता सुवासचन्द्र नेम्बाङबाहेक अरु कोही पनि नेताहरु थापाले आयोजना गरेको चियापानमा आएनन्। यता नेकपा माओवादी केन्द्रबाट कोही आएन्न् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आएनन् । एमाले अध्यक्ष केपी शर्मा ओली त नियमित स्वास्थ्य जाँचको लागि थाईल्याण्ड गएकाले आउने कुरै भएन । तर नेपालमा रहेका शीर्ष नेताहरु कोही पनि राप्रपाले आयोजना गरेको चियापानमा आएनन् ।  थापाको चियापानमा अन्य शीर्ष नेता किन गएनन ? चासोको बिषय बनेको छ ।

नेपाल पुलिस क्लबमा आयोजना गरिएको चियापानमा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई पनि देखिएन्न् । आजको चियापानमा अध्यक्ष थापाले प्रधानमन्त्री देउवालाई विशेष बधाई दिन भ्या । थापाले हिजो रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पनि प्रधानमन्त्री देउवाकै कारणले आजको दिन सार्वजनिक विदा दिएको बताउँदै देउवा धन्यवादको पात्र भएको धारणा राखेका थिए ।

 

 दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले यस राष्ट्रिय पर्वमा बिदा कटौती गरे पनि यो वर्षबाट सार्वजनिक बिदा दिइएकाले महत्वका साथ राष्ट्रिय एकता दिवस मनाइएको हो ।

सरकारले आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan