Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि पछि हटे देउवा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं ,२८ पुस । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी आज पनि नतोक्ने भएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राख्ने र माघको पहिलो हप्ता मात्रै तोक्ने निस्कर्ष प्रधानमन्त्री शेरबहादुर देउवाले निकालेका छन् । मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

प्रदेश प्रमुख नियुक्ति, अस्थायी राजधानी वा अस्थायी कार्यालय तोक्ने विषयमा पेश गर्न भनिको प्रस्ताव प्रधानमन्त्रीले बिहीबार फिर्ता लिएका छन् ।

प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी वा अस्थायी कार्यालय तोक्नेबारे बिहीबार दिनभर राजनीतिक परामर्श गरेका थिए । परामर्शपछि नै शुक्रबार नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारीबाट प्रधानमन्त्री देउवा पछि हटेका हुन् ।

आगामि सोमबारसम्म निर्णय गर्ने तयारीमा सरकार रहेको छ । यसअघिनै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय हुने बताएका थिए ।

निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसकारण प्रदेश प्रमुख नियुक्त नहुँदासम्म आयोगले प्रदेश सभाको निर्वाचन परिणाम सार्वजनिक गर्न रोकिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan