Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माओवादीको चाहनामा एमालेको छेकवार !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । माओवादी केन्द्रको प्रस्ताव एमालेले अस्वीकार गरेपछि दुई पार्टीबीचको बहुप्रतिष्ठित पार्टी एकतामा कतै दरार पैदा त भएको होइन भन्ने आशंका गर्न थालिएको छ ।

मंगलबार बसेको शिर्ष नेतासहितको एकता संयोजन समिति बैठकमा माओवादी केन्द्रले पार्टी एकिकरण र सरकार गठनको विषयमा भागवण्डासहितको लिखित सहमति गर्न आग्रह गरेको थियो ।

त्यस्तै पार्टी एकता गर्नका लागि आवश्यक पर्ने चाजोपाजो मिलाउन कार्यदल बनाउनु पर्ने प्रस्ताव पनि माओवादी नेताहरुको थियो । त्यो प्रस्ताव एमाले नेताहरुले माओवादीका नेताहरुले पुरै राख्न नपाउँदै एकै स्वरमा अस्वीकार गरिदिएका छन् ।

सुन्ने नेताहरुले पनि नसुनेको जस्तो गरेर पन्छ्याइदिएको गुनासो माओवादी नेताहरुले बाहिर आएर आफु निकटस्थहरुसंग गरेका छन् । बैठकको कार्यसूची नै पार्टी एकताका लागि संगठनात्मक मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल र पार्टीको कार्यदिशा तय गर्न गर्ने थियो ।

बैठकपछि बाहिर आएर नेताहरुले दिएका प्रतिक्रिया हेर्दापनि माओवादी र एमालेबीच केहि खटपट देखिएको स्पष्ट बुझ्न सकिन्छ । एमाले नेता माधव कुमार नेपालले गृहकार्य नपुगेकाले बैठकमा कुनै निष्कर्ष ननिस्किएको भन्दै तर्किए ।

फेरी बसेर थप छलफल गरेपछि मात्र कसरी अघि बढ्ने भन्ने विषय टुंगिने नेपालको भनाईले फेरी आशंका जन्माइदिएको छ । किनकि, एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार मात्रै उपचारका लागि बंैकक जाने भएकाले अर्को बैठक बस्न समय लाग्नेछ ।

वैचारिक र संगठनात्मक विषयमा सहमति खोज्न दुई अध्यक्षबीच छलफल भएर मात्रै कार्यदल गठन हुने नेताहरुको भनाईले अब ओली नआउदै एकताका विषयमा सिंको पनि नभाचिने स्पष्ट छ । यता माओवादीमा भने कांग्रेसलाई छोडेर एमालेसंग टासिदा द्वन्द्वकालका मुद्दाले कतै आफुहरु अन्र्तराष्ट्रिय अदालतमा पुग्नु त पर्ने होइन भन्ने डर पनि छ ।

त्यो डरलाई निमिट्यान्न पार्नका लागि पनि माओवादीले कांग्रेसलाई चटक्कै छोडेर सम्मानजनक स्थान नभई एमालेमा लहसिन खोजिरहेको छैन् । त्यो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको क्रियाकलापले देखाउँछ ।

निर्वाचनका बेला एमाले अध्यक्ष ओलीले कांग्रेसलाई तथानाम गाली गरेपनि दाहालले एक शव्द पनि गाली गरेनन् । माओवादी केन्द्रका नेताहरुले पार्टीका बैठकमा सहभागि नभएका नेताहरुलाई दुई अध्यक्षबीच छलफल गरी बैचारिक र राजनीतिक विषयमा सहमति गर्ने कोसिस हुने र त्यसपछि मात्रै अभिलेखन गर्न र थप सल्लाह९सुझाव लिन कार्यदल गठन गर्ने निष्कर्षमा बैठक पुगेको व्रिफिङ गरेका छन् । यसले पनि बैठक बैठकमा मात्रै सिमित भएको र गुदी कुरो नमिलेको सहजै अनुमान लगाउन सकिन्छ ।

१७ असोजमा एमाले९माओवादीले पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गर्दै एकता संयोजन समिति गठन गरेका थिए । समितिको पहिलो बैठक कात्तिक १५ मा बसेपछि त्यसपटिछ नेताहरुबीच कुरा नमिल्दा बस्न सकिरहेको थिएन ।

करिव दुई महिनादेखि नबसेको बैठक बसेपछि ठोस निष्कर्ष ननिस्किएपछि कार्यकर्तामा भने नैराश्यता छाएको छ । अझ त्यसमाथि नेताहरुले बैठकपछि बाहिर आएर सञ्चारकर्मीसित ‘ठोस निष्कर्ष निस्किएन । तर, हामबीच कुनै विवाद र प्रश्न छैन, एकतामा हामी ढृढ छौं’, भन्नुले पनि केहि न केहि विषयमा विवाद मिल्दो अवस्थामा नभएर बल्झिदो अवस्थामा रहेको बुझ्न सकिन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan