Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माओवादी केन्द्रका यी मन्त्रीको सत्ता राज !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan


काठमाडौं । राजनीतिमा नैतिकता नभएका मन्त्रीहरुको नाम इतिहासमा लेखिने भएको छ । माओवादी केन्द्रका १६ जना मन्त्रीहरुलाई नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विनाबिभागीय बनाइदिएका थिए ।

चुनाव घोषणा भैसकेको अवस्थामा प्रधानमन्त्री देउवाले कानुनी एवं संवैधानिक जटिलताले उनीहरुलाई बर्खास्त नगरी बिनाविभागीय बताइदिएको समाचार सूत्रले बताएको छ ।

बिनाविभागीय बनेपछि तलवभत्ता मात्र बुझ्न सिंहदरबार जाने र कहिलेकाहीँ सरकारको जासुसी गरी मन्त्रिपरिषद्को निर्णय आफ्ना पार्टीका नेताहरु समक्ष पु¥याउन माओवादीका मन्त्रीहरु सिंहदरबार छिर्ने गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

देशको ढुकुटीमाथि र तलवभत्तामाथि ¥याल काढ्दै मरिहत्ते गर्ने मन्त्रीहरुमा कृष्णबहादुर महरा ९उपप्रधानमन्त्री०, गिरिराजमणि पोख्रेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार थारु गरी नौ जना मन्त्री रहेको छन् भने राज्यमन्त्रीहरुमा मोहम्मद जाकीर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर वि।क।, वाङ्दी शेर्पा, छमबहादुर गुरुङ, गोमा कुँवर रहेको समाचार स्रोतले बताएको छ ।

यिनीहरु सबैले तलव भत्ता, सुरक्षा भत्ता र सुविधाको समेत उपभोग गरिरहेको समाचारमा उल्लेख छ । माओवादी केन्द्रका मन्त्रीको सत्ता राज लामै समय चल्यो ।

एमालेसँग चुनावी तालमेल र वाम गठबन्धन बनाई देउवा नेतृत्वको सरकारमा सत्तापक्ष एवं प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएका माओवादी केन्द्रका मन्त्रीहरुलाई लाज पचेका मन्त्रीहरु भनी चर्चा गर्ने गरिएको नँया विमर्शमा उल्लेख छ ।

बिना विभागीय बनेपछि माओवादीका मन्त्रीहरुको बस्ने ठाउँ नभएकाले एक ठाउँमा भेला भै दिनभर मनोरञ्जन गर्ने र साँझ परेपछि डेरामा फर्कने गरेको जानकारहरुले बताएका छन् । अझै पनि प्रधानमन्त्री देउवाले यी मन्त्रीहरुलाई ननिकाली ज्वाइँलाई झैं पाल्नुले देउवामाथि नै विभिन्न आरोपहरु लागेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan