Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका बिष्णु माझीको मनको दियो साङ्गितिक बजार धमाका मच्चाउदै (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, विराटनगर । नेपाली सांगितिक क्षेत्रमा विरही मनका यथार्थ भावहरु समेटिएका गित निरन्तर रुपमा बजारमा स्वर दिएकी गायिका विष्णु माझी र विदेशी भुमिमा रहेर पनि नेपाली संगितको क्षेत्रमा आफनो कर्णप्रिय गीत ल्याउने गायक अमृत बाबु रोकायाको सुमधुर आवाजमा स्वरबद्ध लोकदोहोरी भाका “मनको दियो ” आजबाट बजारमा आएको छ ।

माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेटने प्रयास गरिएको छ । गायीका विष्णुमाझीको मन भित्रको बलेको दियोलाई शान्त पार्नको लागि गायक अमृतलाई उनले आग्रह गरेकी छन् । 

आफनो मायालुलाई विदाई गर्दाको यर्थाथ चित्रण गरिएको छ । विदेशी एको आफनो प्राण प्यारो जिवनसाथीलाई मुल बाटो कुर्दाको भावहरु गितको भिडियोमा देख्न सकिन्छ ।

बावु खड्काको सर्बाेकृष्ट शब्द र बावु खड्का र राज विश्वकर्माको उत्कृष्ट संगित संयोजनमा विरहीका भावहरुलाई आफनै पनको आभास दिने शब्दका मनका सिर्जनशिल भावहरु भिडियोमा रहेको छ ।

सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादन , कपील लामाको निर्देशन , विमल अधिकारी र अञ्जिली अधिकारीको अभिनय मनको दियोमा रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan