Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इशाले जितिन् पहिलो मिस गोरखा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

गोरखा, २८ पुस । गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जित्नुभएको छ । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा हुनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको शिरमा ताज पहि¥याइदिनुभयो ।

साथै, निर्णायकले नगद र जिन्सी गरी रु एक लाख बराबरको पुरस्कार इशालाई दिनुभयो । सौन्दर्यकला व्यवसायी संघले गरेको प्रतियोगितामा २० जना प्रतिस्पर्धी सहभागी थिए ।

ठूलो आँगनकी प्रकृति श्रेष्ठ फस्ट रनर अप हुँदै नगद र जिन्सी गरी रु ५० हजार बराबरबाट पुरस्कृत हुनुभयो भने सेकेण्ड रनर अप बसपार्ककी विष्णु घलेले रु ३० हजार बराबरको र थर्ड रनर अप चाइनीज धाराकी सिर्जना मगरले नगद र जिन्सी गरी रु १० हजारभन्दा बढीले पुरस्कृत हुनुभयो ।

सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष सुकु श्रेष्ठले आफूहरुले दुःख गरी पहिलो पटक मिस गोरखाको सफल आयोजना गरेको भन्दै सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभयो ।(रासस)  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan