Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महासमिति बैठकले आवश्यक ठाने विशेष महाधिवेशन आव्हान हुन सक्छ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार
newsabhiyan
newsabhiyan

सत्ताको नेतृत्व लिइरहेको नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्को रुपमा सुरु भएको छ । ७ युवा केन्द्रिय सदस्यहरुले लिखितरुपमा नै विज्ञप्ति जारी गरी नेतृत्व पार्टीको विषेश महाधिवेशन माग गरेका छन् ।

उनीहरुले पार्टीलाई नयँ ढंगले अघि बढाउनु पर्ने बताइरहेका छन् । तीन सात केन्द्रिय सदस्य मध्यका प्रदीप पौडेलसंग कांग्रेसको अवको दिशाका बारेमा कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सारसंक्षेपः—

राष्ट्रिय राजनीतिमा अब कांग्रेस कसरी अगाडि बढ्छ ?
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका जनताले कांग्रेसलाई विपक्षमा बस्न म्याण्डेट दिएका छन् । हामी विपक्षमा नै बस्ने तयारी गरिरहेका छौ । अब निर्माण हुने सरकारले समृद्धिको यात्रा सुरु गर्ने हो । सरकारले राम्रो काम गर्न खोज्यो हामीले आलोचना नगरी उसको राम्रो नीति र कार्यक्रमको समर्थन गर्नुपर्छ ।

हामी पनि देश बनाउन लागेका हौं । देश बनाउने अभियानमा सरकार लाग्यो भने कांग्रेसले  सहयोग गर्छ । निर्वाचनमा एमाले र माओवादीको बहुमत आएकाले सरकार निर्माण उनीहरुकै हुने हो । तर, दुई पार्टी मिलेनन् भने नयाँ शिराबाट गठबन्धन बन्न सक्छ ।

अप्रत्यासीत हारलाई शक्तिमा बदल्न तपाईजस्ता युवाहरुको भूमिका अब पार्टीमा के हुन्छ ?
पार्टी सशक्त बनाउन युवाको मात्रै होइन अव सबैले आ-आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । सर्वप्रथम पार्टीलाई कसरी अिघ बढाउने भन्ने विषयमा केन्द्रीय समिति र महासमितिको बैठक हुन्छ ।

महासमितिको बैठकबाटै विशेष महाधिवेशन बोलाएर अघि बढ्नका लागि हामी नेतृत्वसंग पहल गछौ । अहिले हाम्रो पार्टीको संरचना गाउँ तहमा नभएकाले ४ वर्षअघि नै विशेष महाधिवेशन बोलाउन आवस्यक छ । सबै ठाउँमा हाम्रो संरचना निर्माण गर्न छिटोभन्दा छिटो महाधिवेशनमा लैजाने हाम्रो प्रयास हुन्छ ।

बैठकमा युवाहरुको तर्फबाट कांग्रेसको नेतृत्व, योजना नीति, कार्यसम्पादन स्कुलिङ कस्तो हुनुपर्छ ? भन्ने खाका प्रस्तुत गरेर अघि बढ्ने हाम्रो तयारी छ । नेतृत्वको ठाउँमा व्यक्ति मात्र परिवर्तन गर्ने नभई नेतृत्व सबल र सक्षम हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।

बैठकमा पेश गर्ने दस्तावेज लिखित नै हुन्छ ?
दस्तावेज त लिखित नै हुन्छ । केन्द्रीय कार्यसमितिको बैठकमा युवाहरुको तर्फबाट पार्टी निर्माणको खाका र महासमितिको बैठकमा कांग्रेस सुधारको मार्गचित्रसहितको दस्तावेज पेश हुन्छ । २१औं शताब्दीमा लोकतान्त्रिक समाजवादी भनेको के हो ? नेपाल कस्तो बनाउने ?

पार्टीका नेताहरू कसरी संगठनप्रति उत्तरदायी हुनेछन् ? सम्पूर्ण रूपमा नेतृत्वले विधानको पालना गरेर कार्य सम्पादन गर्ने कसरी हुनेछ ? क्रियाशील सदस्यको दायित्व के हो ? यी सबै कुराको मार्गचित्र हाम्रो दस्तावेजमा हुन्छ ।

यहाँहरु नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन बोलाउने कुरा गरिरहनु भएको छ, के त्यो सम्भावना छ ?
यो महासमिति बैठकले निक्यौल गर्ने विषय हो । महासमितिका सदस्यहरूले विशेष महाधिवेशनको आवश्यकता देखेमा सम्भावना हुन्छ । व्यक्तिगत रूपमा मैले आवश्यकता देखेर हुदैन, प्रक्रियागत रूपमा अगाडि बढने कुरा हो । लामो दुःख योगदान गरेको नेतृत्व सम्मानजनक ढंगले बाहिरिन चाहन्छ भने अभिभावक बन्न चाहन्छ भने किन बाटो बन्द गर्ने ?

यहाँहरु नेतृत्व परिवर्तनको विषय पनि उठाइरहनु भएको छ, त्यसको खास कारण के हो ?
हामीले कुनै व्यक्ति विषेशलाई हटाउन नेतृत्व परिवर्तनको माग गरिरहेका छैनौ । कुनै व्यक्ति विशेषलाई दोषी देखाउन खोजेका पनि हैनौ । नेतृत्वले विधान उल्लङ्घन गर्ने अरूहरू त्यसको साक्षी बस्ने । मूल नेतृत्वबाट आफूले लिन सकिन्छ भनेर त्यो कमजोरीलाई पनि नऔंल्याइदिने पार्टीभित्रको संस्थापन पक्ष छ ।

पार्टीभित्रको प्रतिपक्ष पनि कमजोर भएर गयो । लोकतान्त्रिक विधिलाई मान्ने पार्टीभित्र यो खालका कमजोरी, विकृति र विसंगतिको अन्त्य हुन नसक्नुको कारण यही हो । हामीले समीक्षा गरेर सुदृढ ढंगले अगाडि बढाउनुपर्छ भन्ने भनाई अघि सारेका छौ ।

कि निर्वाचनमा अप्रत्यषसित परिणाम नआएर नेतृत्व परिवर्तको माग गर्नु भएको हो ?
पहिला कांग्रेसको पराजय हुनाको कारण के हो, त्यो पत्ता लगाउन आवस्यक छ । समानुपातिक र प्रत्यक्षमा हाम्रा उम्मेदवारहरूले ल्याएको भोट हेर्दा पार्टीप्रति धेरै ठूलो वितृष्णा हो भन्ने देखिँदैन । हामीले निर्वाचनको समयमा आवश्यक रणनीति अख्तियार गर्न नसक्दा पछाडि परेको हो ।

मुख्य रूपमा नाकाबन्दीको समयदेखि नै हामीले त्यसलाई बलियो ढंगले उठाउन सकेनौं । पूर्वसभापति सुशील कोइरालाको उम्मेदवारीले स्वाभाविक सहमतिलाई खलबल्याउने काम गरेको भन्ने विषय पनि छ । हाम्रो नेतृत्वमा सरकार बनेपछि राजदूत प्रकरण, आईजीपी प्रकरणदेखि महाअभियोग प्रकरणमा जोडिएका विषय छन् । सरकारमा रहँदा राम्रो पर्फमेन्स देखाउन नसकिएको कुरा पनि छ ।

निर्वाचनको दौरानमा जित्ने गरी उम्मेदवार छनोट गर्न सकेनौं । कांग्रेसको भन्दा पनि बढी चिन्ता आफ्नो गुटको गर्दा पनि पार्टीको यो हविगत भयो । हामीले घोषणापत्र असाध्यै राम्रो लेखे पनि त्यसभित्र भएका विषय जनतालाई बुझाउन सकेनौं ।

कांग्रेसले मुलुकका ठूला संकटलाई पार लगाउने समन्वयकारी क्षमता भएको पार्टी हो । त्यो उदाहरणहरुले पनि देखाएका छन् । नेपालमा कम्युनिस्ट केन्द्र बलियो बनाउने गरी एमाले(माओवादी केन्द्र मिल्ने विषयलाई हामीले चिर्न सकेनौं । लोकतान्त्रिक गठबन्धनको नाममा अरूलाई पनि जोडने कोशिस गरेपनि बलियो बनाउन सकेनौ ।

पार्टीभित्र आवाज उठेजस्तै नेतृत्व परिवर्तन सम्भव छ ?
कांग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउन विकृति र विसंगति अन्त्य गरेर सुदृढ रूपमा विकास गर्नुपर्छ । एउटा सुदृढ र व्यवस्थित कांग्रेस निर्माण गर्न पद्धतिसंगत रूपमा अगाडि बढाउन जरुरी छ । विधानलाई सिरानमा राखेर पार्टी अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यक्तिलाई प्रधानतालाई होइन विधिको प्रधानतालाई स्थापित गर्न जरुरी छ ।

संगठनात्मक पद्धतिलाई २१औं शताब्दी सुहाउँदो आधुनिक बनाउन २००७ सालमा विपी कोइरालाले निर्माण गरेका सैद्धान्तिक विषयहरूलाई समयसापेक्ष परिवर्तन गर्न आवश्यक छ । लोकतान्त्रिक समाजवादका बारेमा प्रष्ट हुन आवश्यक छ । कांग्रेसका कतिपय नेताहरू पुँजीवादतिर ढल्किएको जस्तो देखिएको छ । त्यो बाटो हो लोकतान्त्रिक समाजवादको बाटो विपीले भनेको जस्तै हो ? त्यो बारेमा प्रष्ट हुन आवश्यक छ ।

यी विषय पुरानो नेतृत्वबाट सम्भव छ त ? पुरानो नेतृत्व हामीले विश्वास गर्ने अवस्थामा छ त ? सबै कुरा परिवर्तन गर्छु भन्ने तर नेतृत्व परिवर्तन नगरी यो विश्वसनीय हुन सक्छ त ? उहाँहरूले मौका पाउनुभो । मौका पाउँदा यी काम किन गर्न सक्नुभएन त ? कसले रोकेको थियो त ? सबै कुरामा सुधार गर्नका लागि पुरानो नेतृत्वबाट सम्भव छैन । नेतृत्व परिवर्तन नै गर्नुपर्छ ।

त्यसोभय पार्टीले पराजय व्यहोरेपछि सभापतिले नैतिकताको आधारमा राजिनामा दिनु पथ्र्यो ?
पार्टीले हार्दैमा पदमा बस्न नमिल्ने कानुनी विषय हुदैन । यो व्यक्तिको नैतिकतामा भर पर्छ । निर्वाचनमा कांग्रेस कमजोर भएको यथार्थता स्वीकार गरेर नेतृत्वले यसको कारण पत्ता लगाउने कोशिस गर्नुपर्दथ्यो । निर्वाचनको परिणाम आएको एक हप्ताभित्र केन्द्रीय कार्य समितिको बैठक, त्यसपछि महासमितिको बैठक डाक्नु पथ्र्यो ।

त्यसो गरिएको भए मूल नेतृत्वले इच्छा राखेर तोकिएको भए पार्टी सुधारको निम्ति मूल नेतृत्व नै जागरुप भएको देखिन्थ्यो । तर बैठकका लागि दबाब सृजना गर्नुपर्ने परिस्थिति आफैंमा स्वभाविक छैन् । यसले हाम्रो नेतृत्वलाई अझ बढी अलोकप्रिय बनाउँछ भन्ने लाग्छ । पुरानो नेतृत्वले पार्र्टीिभत्र विश्वास गर्ने अवस्था पनि सृजना नगर्ने, पदमा पनि बसिरहने ? त्यसो हुँदा कांग्रेस अग्रगमनको बाटोतिर जान र उचाइमा पुग्न सक्दैन ।

कांग्रेसले निर्वाचनमा वाम गठबन्धनको बढी विरोध गर्ने, तर, आफ्नो एजेन्डा जनतालाई बुझाउन नसकेर हार व्यहोरेको हो ?
बाम गठबन्धनको विरोध गरेर आफ्ना एजेण्डा बुझाउन सकेको भए त कांग्रेसको यो हालत हुने थिएन । घोषणापत्रमा लेखिएको विषय देशभर भाषण गर्न को जाने ? वाम गठबन्धनप्रति लोतन्त्रप्रतिको निष्ठा भनेर जनतालाई बुझाउन नसक्दा यो परिणाम आएको हो ।

त्यसोभए तपाईको विचारमा कांग्रेस पराजित हुनुको कारण के हो ?
हामी सिट संख्यामा कमजोर भएका छौ । यसलाई पराजित भन्न सक्ने भइहालियो । तर, यसअघि भन्दा कमजोर भएका छैनौ । हाम्रो लोकप्रिय मत घटेको छैन् । हो, अघिल्ला निर्वाचनमा भन्दा बढि मत ल्याउने प्रयास गर्नुपथ्र्यो, सार्थक पहल गर्नु पथ्यो, त्यो हुन सकेन ।

अन्त्यमा वाम गठबन्धन फुटाउन कांग्रेस लागिरहेको भन्ने चर्चा बजारमा आइरहेको छ, के त्यो सत्य हो ?
वाम गठबन्धन टुक्राउने हाम्रो कुनै दायित्व होइन । वाम गठबन्धन टुक्रीएपछि मात्र कांग्रेस रहन्छ भन्ने हाम्रो पार्टीको बझाई छैन । ति बाहिर आएका हल्ला मात्र हुन । कांग्रेस आफैं सबल भयो भने नेपालका सबै कम्युनिस्ट पार्टी मिल्दा पनि पछार्न सक्दै सक्दैनन् । कांग्रेस पहिला सुूिन आवस्यक छ ।

कम्युनिस्ट मिले हामी पत्तासाफ हुन्छौं भन्ने हामीलाई डर छँदै छैन । एमाले र माओवादी मिलेनन् भने प्रचण्डले शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीको प्रस्ताव गर्न सक्नुहुन्छ नि ? अहिले त कांग्रेसलाई सरकारमा जाने म्यान्डेट छैन । न्यूज अभियानका लागि अभियान टाइम्सको सहयोगमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan