Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कारोवार रकम ३६ अंकले घट्यो, सातामा एक अर्ब ७१ करोड १२ लाखको सेयर किनबेच (तालिका सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । यो साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १७३९३ कारोबारबाट एक अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरका ४१ लाख पाँच हजार दुई सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ३६.७९ प्रतिशत कम हो । गत साता १७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७५८३ कारोबारबाट दुई अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरका ६४ लाख ७९ हजार आठ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८.४९ अंकले बढेर अन्तिम दिन १४४०.२९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.२९ अंकले  बढेर ३०३.६८ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम २३ करोड ७६ लाख ५० हजार रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

कारोबार भएको सेयर संख्या एक लाख ९९ हजार कित्ताको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १४७५ वटाको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीकरण तर्फ भने यो साता पाँच वटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकरण भएको छ ।

साताका सेयर सुचकांकहरु


कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु :


यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan