Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकले आईतबार पाँच अर्ब ७५ करोडको ट्रेजरी बिक्री गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुुस । नेपाल राष्ट्र बैंकले पुस ३० गत आईतबार पाँच अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार बोलकवोलका माध्यमद्धारा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागिएको हो ।

जारी मिती माघ दुुई गते तोकिएको ट्रेजरी खरिदको लागि सोही दिन अपरान्ह दुुई बजेसम्म आवेदन दिनुुपर्ने छ । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई सय ७५ करोड र ९१ दिने अवधिको तीन सय करोड रुपैयाँ रहेको छ ।

सो मध्ये २८ दिने अवधिको परिपक्व मिती फागुुन एक गते रहेको छ भने ९१ दिने अवधिको परिपक्व मिती २०७५ बैशाख चार गते रहेको छ ।

यसअघि यही पुस २४ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको तीन सय २५ करोड र ९१ दिने अवधिको एक सय ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan