Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अब नेतृत्व परिवर्तनका कुरा सेलायो ! गगन आउट, विश्वप्रकाश इन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २८ पुस । धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मालगायतका सात युवा कांग्रेसीहरु महाधिवेशनबाट नेतृत्व परिवर्तनसम्मका कुरा उठाइरहेका बेला सभापति देउवाले विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्तामा नियुक्त गरेपछि गगन आउट हुनपुगेका छन् । यो पनि पढ्नुहोस् : ‘कांग्रेस प्रवक्तामा शर्मा, गगन चिप्लिए'

देउवाले महाधिवेशन होइन, राष्ट्रिय भेला गराएर कांग्रेसले किन चुनाव हा¥यो भन्ने विषयमा मन्थन गराउने निर्णय गरेका छन् । अब कांग्रेसभित्रको देउवा विरोधी धार स्वात्तै घट्न पुगेको छ ।

अब नेतृत्व परिवर्तनका कुरा सेलायो, गगनले उठाए भने विश्वप्रकाशले खण्डन गर्ने स्थिति जन्माइदिएका छन् देउवाले । चुनाव हारे पनि देउवा घाघडान खेलाडी बन्न सफल भए । अब विश्वप्रकाशको लोली फेरिएको छ– एजले होइन, एजेण्डाले कांग्रेस चल्छ । वाह देउवाजी । यो पनि पढ्नुहोस् : आरजुको डिजाइनमा विश्वप्रकाशभन्दै गगनको कोर टिम छक्क !


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan