Tuesday 18th of September | २०७५ असोज २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आन्तरिक पर्यटक भित्राउन महोत्सवको तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

सुकदेब चौधरी, इनरुवा, २८ पुस । सुनसरीको रामधुनी ७ कुमरखतमा आन्तरिक पर्यटक भित्राउन तथा थारुहरुले मनाउने नयाँ वर्षको अवसरमा पहिचान र संस्कृतिको जगेर्ना गर्न माघी महोत्सवको  तयारी थालिएको  छ ।

थारु महिला सभा वडा समिति र कुरखत वन उपभोक्ता समितिको संयुक्त आयोजनामा आगामी माघ १ देखि ३ गते सम्म हुने महोत्सवमा आन्तरिक पर्यकटको विकास तथा जातिय पहिचान सहितको संस्कृतिको जगेर्ना गर्न कार्यक्रमको तयारी थालिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा  समितिकी अध्यक्ष तिला चौधरीले जानकारी गराएको छ ।

जुडि कुमरखत सिमसार पर्यटक क्षेत्रको विकास तथा थारु कला  संस्कृतिको विकास, पहिचान, परम्परा, प्रथा तथा पर्वको जगेर्ना गरी भावी पीढिलाई निरन्तरता कायम गरी एकता र सदभाव कायम गराउने उद्देश्यका साथ महोत्सव कार्यक्रम हुने वन समितिका अध्यक्ष रामकुमार चौधरीले जानकारी दिए ।

थारु समूदायको ऐतिहासिक कला संस्कृति पहिचान, पहिरण तथा भेषभुषा संरक्षण संवद्र्धन र भावि पुस्तालाई हस्तान्तरणका लागि सामूहिक तथा संगठित रुपमा माघी महोत्सव मनाउन लागेको थारु महिला सभा नगरकी अध्यक्ष सिता चौधरीले बताइन ।

महोत्सव कार्यक्रममा थारु आदिवासीको भेषभूषामा झाँकी ¥याली, स्थानीय कलाकारहरुको प्रतुती, थारु भेषभुषाको प्रदर्शन, पौराणीक धुम्रानाच, थारु भाषाको गीत नृत्य, जातिय खानेकुरा बगिना, चिचरी, घुङी, झुना, विवाहको प्रयोग हुने मडुवा, समाचकेवा, ढिकी, सनुख मोइर हलो लगायतका सामाग्रीहरुको प्रदर्शन, मनोरञ्जनका लागि गरिमा डान्स सेन्टर धरानको प्रस्ततुती हुने जनाएको छ ।

महोत्सवमा २० भन्दा बढी जातिय परिकार तथा कला संस्कृति सहितका इस्टल राखिने आयोजकले जनाएको छ ।

महोत्सव तयारीको लागि गाउँगाउँ तथा व्यक्तिगत, संघ संस्था लगायतबाट आर्थिक सहयोग जुटाएको र लगभग ५ लाख सम्मको बजेट बनाएको जनाएको छ । आन्तरिक पर्यटक १० हजार भन्दा बढीले अवलोकन तथा भ्रमण गर्ने अनुमान गरिएको छ ।

उक्त महोत्सव आगामी माघ १ गते देखि ३ गते सम्म संचालन हुनेछ भने महोत्सवको उदघाटन माननिय उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गर्नु हुने भएकोछ ।

महोत्सवमा प्रमुख वक्ताहरुको रुपमा पर्यटन तथा नागरिक उडयन राज्य मन्त्री सुमित्रा विश्वास, अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा, सुनसरी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सीताराम मेहता लगायतले मन्तव्य राख्नु हुने कार्यक्रम रहेको जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan