Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा मृत्युको विवरण सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौ, २८ पुस । काठमाडौं : धादिङको थाक्रे घर भएका ३१ वर्षीय कुमार थापाले चलाएको बा.४ ख ६५७१ नम्बरको पानी ट्याङ्करले किर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित सडकमा ललितपुरको भलपोखरी घर भएका राजेश राईको ३ वर्षीय छोरा उत्सव राईलाई बिहीबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चाकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–२८ पुतलीसडक न्यू प्लाजास्थित सडकमा शुक्रबार बा.१ ह ४८५२ नम्बरको ट्याम्पो ब्याक गर्ने क्रममा नजिकैको फलामको पोलमा घाँटी च्यापीएर गम्भीर घाईते भएकी ट्याम्पो चालक झापा महारानी–८ घर भई हाल सामाखुसी बस्ने ४३ वर्षीया तुलसा थापाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ ।

दाङ : घोराही उपमहानगरपालिका–३ स्थित योगी पेट्रोल पम्प नजिक ना.४ ख ६१६१ नम्बरको बसले सोही ठाउँ बस्ने पैदलयात्री ६० वर्षीय लक्ष्मण चौधरीलाई बिहीबार ठक्कर दिंदा गम्भीर घाईते भएकाले राप्ती उप–क्षेत्रीय अस्पताल घोराही पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन : भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थित मुग्लिङ–नारायणघाट सडकमा बा.४२ प ८६७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक माडी नगरपालिका–५ घर भएका २६ वर्षीय राजेन्द्र तिवारी गम्भीर घाईते भएकाले पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan