Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिरोहिया र सुमार्गीको झगडा भित्रको गम्भीर राजनीति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । केही दिन यता दुईजना मिडियाकर्मी व्यापारीको झगडा छताछुल्ल भएको छ । कान्तिपुरका मालिक कैलाश सिरोहिया र थाहा संचारका मालिक अजय सुमार्गी बीचको झगडा उनीहरुकै मिडिया मार्फत सडकमा पोखिएको छ ।

झट्ट हेर्दा यो बिषय दुई जना व्यापारीको जुंगाको लडाई जस्तो देखिए पनि यसको पछाडी गम्भीर राजनीतिक दाउपेच लुकेको हुनसक्ने संकेत मिलेको छ ।

दुई साताअघि कान्तिपुर दैनिकले अजय सुमार्गीले विदेशबाट अबैध रुपमा अर्बौ रुपैयाँ ल्याएको र अर्बौ ल्याउने कोशिस गरिरहेको समाचार प्रकाशित गरेपछि शुरु भएको झगडा उनीहरुको व्यक्तिगत लेनदेनको बिषय पनि छताछुल्ल बनाएको छ ।

कान्तिपुरका सिरोहिया र सुमार्गी नयाँ चिनजानका व्यक्ति होइनन् भन्ने कुरा उनीहरुबीच करोडौंको कारोबार हुनुले पनि पुष्टि गरेको छ । त्यस्ता अन्तरङ भित्रका बिषयमा कैलाश सिरोहियालाई अहिले थाहा भएर समाचार प्रकाशित गरे भन्ने कुराले सामान्य मान्छेले पनि पत्याउँदैन ।

त्यसो भए लेनदेनले उत्पन्न गरेको सम्पत्तिको तुजुक मात्रै हो त, सुमार्गी र सिरोहियाको झगडा ? यसरी बुझ्नु गम्भीर गल्ती हुने बताउँछन जानकारहरु । यो झगडाको पछाडी राजनीतिक दाउपेच जोडिएको जानकारहरु बताउँछन् ।

वाम गठबन्धन बिरुद्ध रहेका देशी विदेशी शक्तिहरुले यो बिषय उठाएको बताइन्छ । खासगरी बाम गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्डलाई भड्काउनका लागि यो बिषयलाई उछाल्न खोजेको र त्यसमा आफूलाई नम्बर एक दाबी गर्ने कान्तिपुर प्रयोग भएको बताइन्छ ।

अजय सुमार्गीले विदेशबाट ल्याएको र ल्याउन खोजेको अर्बौ रुपैयाँ घुमिफिरी प्रचण्डको हो भन्नेमा शंका छैन । कान्तिपुरले गत बिहिबारको समाचारमा पनि अजय सुमार्गी र प्रचण्डबीच सम्बन्ध रहेको भनेर उक्त पैसामा प्रचण्डको भाग रहेको संकेत पनि गरेको छ, नेपालीपत्रमा उल्लेख छ ।

अब कुनै दिन प्रचण्डलाई सोझै जोडेर समाचार नआउला भन्न नसकिने जानकारहरु बताउँछन । त्यसो गर्नुको अर्थ प्रचण्डलाई बदनाम गर्ने, अबैध सम्पत्तिमा कारबाहीको डर देखाएर बाम गठबन्धनबाट बाहिर ल्याउने खेल हो भनिन्छ । अरु अस्त्रले काम नगरेपछि यो बिषय अघि सारिएको बताइन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan