Thursday 21st of June | २०७५ असार ७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आगलागीबाट लाखौंको धनमाल क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । कास्की : पोखरा लेखनाथ महानगरपालिका–५ बुधबारे घर भएकी ३६ वर्षीया रमा श्रेष्ठको घरमा शुक्रबार ग्यास लिक भई आगलागी हुँदा करीब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

मकवानपुर : मनहरी गाउँपालिका–८ सिमपानी बस्ने दिलबहादुर थिङको घरमा शुक्रबार बिजुली सर्ट भई  आगलागी हुँदा थिङ लगायत ३ जनाको घर जलेर सम्पूर्ण सामान नष्ट भई करीब ८ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

मुस्ताङ : घरपझोङ गाउँपालिका–२ मार्फा चोक बस्ने डमबहादुर तिलाजाको कच्ची घरमा शुक्रबार आगो बाल्ने क्रममा आगलागी हुँदा घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भई करीब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानीयबासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan