Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘कुन तराजुले’ गीतको भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, । ‘कुन तराजुले’ बोलको नेपाली आधुनिक गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौको अनाम नगरस्थित युनियन हलमा एक कार्यक्रमको बीच प्राज्ञ तथा वरिष्ठ संगीतकार शान्तिराम राईले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

जीवन लुईटेलको शब्द रचनामा,पुस्कर सुनुवारको संगीत तथा एरेन्ज रहेको छ भने, नेपाली गीत संगीतको दुनियाँ छुट्टै पहिचान बनाउन सफल गायक मनोजराज सिवाकोटीको स्वरमा रहेको छ ।

व्यस्त र कुशल छायाँकार ओम प्रसाईले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई नेत्र किरातीले निर्देशन गरेका छन् भने बिष्णु खड्का (आर्यन) को सम्पादन रहेको छ ।

पछिल्लो समयकी अत्यन्तै व्यास्त मोडेल आरुशी मगर र उदयीमान मोडेल शेरबहादुर मगरको अभिनय रहेको म्युजिक भिडियोमा हास्यकलाकार तथा मोडेल रोशन मगरको पनि अभिनय रहेको छ ।

विमोचन कार्यक्रममा विमोचित म्युजिक भिडियोको बारेमा बोल्दै प्राज्ञ शान्तिराम राईले भने, गीत अत्यन्तै राम्रो र मार्मिक रहेको र गीतको शब्द र संगीत जस्तै म्युजिक भिडियो पनि अत्यन्तै राम्रो बनेकोले नेपाली गीत संगीतको क्षेत्रमा अर्को दह्रो ईटा थपिएको बताए ।

उनले अगाडि भने, मैले नेपाली गीत संगीतको क्षेत्रमा तिन दशक भन्दा बढी समय बिताएको अनुभवको आधारमा हेर्दा यो गीत निक्कै आशा लाग्ने र दर्शक स्रोताहरुले खोजेको जस्तै रहेको बताए ।

कार्यक्रममा चर्चित गायक रेवत राई चर्चित गायिका मनिता राई छायाँकार तथा कलाकार ओम प्रसाई लगायत अन्यको उपस्थिति रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan