Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्री हुनेपालो अर्की महारानीको !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २८ पुस । एकता दिवसको पूर्वसन्ध्यामा अर्धभूमिगत वामनेता मोहन विक्रम सिंहले प्रचण्डलाई भेटेका छन् ।

उनकी श्रीमती हुन् दुर्गा पौडेल, उनलाई अर्घाखाँचीबाट वाम मोर्चाको उमेदवार बनाउन सघाउने प्रचण्ड थिए र उनले कांग्रेसका डा.गोविन्द पोखरेल जो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी छाडेर चुनाव लड्छु मन्त्री बन्छु भनेर गएका थिए, उनलाई हराएकी थिइन् ।

वामपन्थी भीष्मपितामहले प्रचण्डलाई भेट्नुको रहस्य खुलेको छ, दुर्गालाई मन्त्री बनाउन । अब शक्तिशाली महिला बन्ने पालो मोहनविक्रम सिंहको हो कि के हो ?

पहिले राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी थिए, अब एकमात्र विजेता दुर्गा पौडेल बनेकी छिन् । आरजु शक्तिशाली भइन्, देउवा सिद्धिए ।

हिसिला यमी शक्तिशाली भइन् डा.बाबुराम सिद्धिए । सीता दाहाल शक्तिशाली हुँदा प्रचण्डको ख्याती स्वात्तै घटेको थियो । मर्ने बेलामा हरियो काँक्रो, दुर्गा शक्तिशाली बन्न अघि सरिन् । एमवी सर खराए । बधाई छ मोहनविक्रम सिंहजी ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan