Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २८ पुस । अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको करिब २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो ।

विदेशबाट आउने व्यक्तिले बढीमा ५० ग्रामसम्मको सुनका गरगहना मात्रै आफ्नो साथमा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ ।

दोहाबाट काठमाडौँ आएका उनीहरुका साथमा रहेको सो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan