Saturday 20th of January | २०७४ माघ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा विविः आन्तरिक र बाह्य मूल्यांकन शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार
newsabhiyan

काठमाडौँ, २८ पुस । पोखरा विश्वविद्यालयले व्यवस्थापन, स्वास्थ्य र इञ्जिनीयरिङ विषयमा पठनपाठन गर्ने शिक्षण संस्थाले आन्तरिक र बाह्य मूल्यांकन गर्ने व्यवस्था शुरु गरेको छ ।

अथर्व बिजनेस कलेजले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा विश्वविद्यालयका उपनियन्त्रक प्रकाश अधिकारीले उक्त संस्थाले आन्तरिक तथा बाह्य मूल्यांकन ५०÷५० प्रतिशत गर्दा विद्यार्थीको क्षमता तथा व्यक्तित्व विकासमा बल पुग्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समिति सञ्चालक समिति सदस्य डिल्लीराम भट्टराईले विद्यार्थीमैत्री वातावरण बनाउन विश्वविद्यालयका सम्बन्धन प्राप्त विभिन्न कलेजले उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै प्रयोगात्मक सिकाइ अहिलेको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो ।

कलेजका अध्यक्ष विजय केसीले विश्वविद्यालयले अवलम्बन गरेको पाठ्यक्रम अन्तरराष्ट्रिय मापदण्डमा आधारित भएकाले अत्यन्तै उपयोगी भएको र कलेजले व्यावहारिक र सीपमूलक शिक्षा प्रदान गरेको जानकारी दिनुभयो । विभिन्न सांस्कृतिक प्रतियोगितासमेत भएको उक्त कार्यक्रममा उच्च अंक ल्याउने उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan