Friday 19th of January | २०७४ माघ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल पौष २९ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । पौष महिनाको २९ गते शनिवार ।
अँग्रजी मितिः ई.सं. २०१८ जनवरी महिनाको १३ तारिख ।
तिथीः दक्षिणायन, हेमन्त ऋतु माघकृष्णपक्षको द्वादशी तिथी । 
योगः गण्ड योग, ०८ः३० बजेपछि वृद्धि योग ।
नक्षत्रः अनुराधा नक्षत्र, १२ः०७ बजेपछि ज्येष्ठा नत्रक्षत्र ।
करणः कौलव करण १२ः०७ बजेसम्म उपरान्त तैतिल करण ।
चन्द्रमाः  बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२७ बजे ।
राहुकालः ०९ः३५ बजेपछि १०ः५४ बजेसम्म ।
यात्राः  पश्चिम र उत्तर दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन स्वास्थ्यमा मन्दता आउनसक्ने सम्भावना, कामकार्यमा पनि केही संघर्षजन्य परिस्थितिको सामना गर्नपर्ने जस्तो गोचर स्थिति देखिएको छ । कार्यक्षेत्रमा केही अबरोध सृजना हुनसक्ने भएकोले सावधानीपूर्वक सामना गर्ने मानसिक बल बढाउनुहोला । आज कुनै पनि कार्य हतार नगरी होस पुर्याएर गर्नु बुद्धिमानी हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रह चल्नेहरुको लागि मान्यजन कष्टको पनि सम्भावना देखिन्छ । धैर्यता र संयमले प्रतिकूल समय टर्न दिनु उचित हुनेछ । आठ अंक एवम् रातो रङ्गको प्रयोग आज यहाँको लागि शुभ रहनेछ । रोगी तथा दीनदुःखीप्रति सेवा सहयोग र भगवान हनुमानदेवको स्तुति गर्नुले पनि कष्ट निवारण गर्न मद्दत पुग्नेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले केहीहद्सम्म आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय पनि देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने छ । व्यापारमुखी कार्यले बढी सफलता दिनसक्ने छ ।  आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने हनुमान भगवानको दर्शनभक्ति गर्नुले अनिष्ट गोचरदोषलाई निवारण गर्न मद्दत हुनेछ । शुभप्रद हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न सकिन्छ । आरोग्यता मिल्ने र कान्तिमा बृद्धि हुनेछ भने शत्रुका विरुद्ध वचस्व कायम गर्न सकिने छ । अवसर तथा समयको सदुपयोग गर्ने चेष्टा बढाएमा प्रतिस्पर्धामा विजयी भइने र सफलता हात लाग्नेछ । लक्ष्मीकृपा बढ्ने योग परेकोले व्यवसायिक कार्यक्षेत्रबाट पनि राम्रो आर्थिक उपलब्धि गर्न सक्नुहुने छ । विपक्षिको सम्मान गर्न जानेको खण्डमा यहाँको ईज्जत बढ्ने छ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने भगवान महावीर हनुमानको स्तुति एवं दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन उपलब्धिमूलक रहनेछ । भलै प्रयत्न गरेकै पक्षमा उपलब्धि नआएपनि प्रकारान्तरले ज्ञानविज्ञाको क्षेत्रमा सफलता मिल्नेछ । नीति तथा सैद्धान्तिक पक्षको प्रयोगात्मक व्यवहारमा प्रगति हुनेछ । तथापि उन्माद शैलीको विकास हुने सम्भावनालाई गोचरले संकेत गरिरहेको देखिन्छ । कसैकसैलाई आत्मप्रशंसा आसक्तिको मानसिकता बढ्ने र गोपनीयता खुस्कनसक्ने सम्भावना पनि देखिएको छ । विद्याविलास तथा तर्कबलले बढी प्रसय पाउने र वाक कलाबाट सर्वसाधारणलाई आकर्षण गर्न सकिए पनि आफ्नै कारणले आफ्नो भौतिक कर्ममा अबरोध हुनसक्ने छ । आज तपाईँलाई माँ भगवतीको उपाशना फापकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्नसक्ने छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइनसक्ने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले  बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिएला । माँ भगवतीको श्रद्धाभक्ति एवं स्तुति गर्नु आज तपाईको लागि उपयुक्त हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन पराक्रम गर्नसकिने र सुखद एवम् अनुकूल रहनेछ । शारीरिक स्फुर्ति बढ्ने हुनाले पौरख गर्न सकिनेछ । काममा मनग्य रुचि बढेर आउनाले रोकिएर रहेका काम पूरा गर्न सक्नुहुने छ । महत्त्वपूर्ण काममा सहयोग पनि मिल्नसक्ने छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने छ । व्यवसायिक कामबाट आर्थिक लाभ हुनसक्ने लक्षण प्रतित भइरहेको छ । सहयोगी हातहरु पनि जुट्ने छन् भने मान्छेहरुबाट तपाईँको  क्रियाशिलताको प्रशंसा पनि मिल्नेछ । आज यहाँको लागि तीन अङ्क र  हरियो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ भने माँ नवदुर्गाको दर्शनभक्तिले थप सफलता प्राप्त गर्न मद्दत हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । अनायासै वाणीमा दोष पर्नसक्ने सम्भावना भएकोले बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु राम्रो हुनेछ । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्यय हुनसक्ने कुरालाई पनि नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका भने मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजगपूर्ण व्यवहारिकता निर्वाह गर्नु उपयुक्त हुनेछ । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग उपयुक्त रहने छ भने गर्नु पूण्यप्रद हुनेछ । भगवान हनुमानजीको उपाशना गर्नु शुभप्रद हुनेछ । 

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सौहार्दपूर्ण उत्साह एवम् उमङ्गको वातावरणमा बित्ने देखिन्छ । इष्टजनहरुको आगमनले शोभायमान वातावरण बन्नेछ भने औपचारिकतानिर्वाहको लागि व्यस्ततापूर्ण दिनचर्या रहनेछ । कसैकसैको लागि निमन्त्रणा तथा मिष्ठान्न आदिलेस्वागत सत्कारको अवसर प्राप्त हुनेछ । व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नु हुनेछ । राजकाज तथा नोकरी आदिमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको हुनाले सन्तोष प्राप्ति हुनेछ । अन्य पेशाकर्मीको लागि पनि लाभ मिल्नेछ । सारांसमा आज यहाँहरुलाई व्यस्तताको बाबजुत पनि सफलताको कारण मानसिक शान्ति र सन्तोष प्राप्त हुनेछ । आज एक अङ्क, पहेंलो रङ्गको प्रयोग र माँ महाकालीको दर्शन एवं भक्ति गर्नु उपयुक्त रहनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । आवश्यकभन्दा बढी यात्राको पनि योग देखिएकोले संयम धारण गर्नु उचित होला । अन्यथा यात्रामा दुःख भोग्नपर्नसक्ने छ । यहाँको लागि आज ३ अंक र पहेंलो रंग एवम् भगवान रामको सेवा आराधना गर्नु शुभप्रद हुनेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन लक्ष्मीकृपाको योग परेको देखिन्छ । तसर्थ व्यवसायिक क्षेत्रबाट राम्रो आम्दानी गर्नसकिने छ । विद्यार्थीहरु परीक्षामार खेलाडि तथा शारीरिक प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नाले अझ बढी सन्तोष लिनसकिने छ । विवाह योग्य युवायुवतीको लागि पनि जोडी भेटिन सक्ने ग्रहप्रभाव रहेको छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ  भने माँ महाकाली वन्दना गर्नु हितप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन दिनलाई उत्तम मान्न सकिन्छ । विशेष कामको योजनामाथि विचारविमर्श गराउनसक्ने गोचर परेको छ । औपचारिक मानसम्मानमा बढोत्तरी हुनेछ भने पदप्रतिष्ठाको आश्वासन पनि मिल्नसक्ने छ । उन्नति एवम् उच्चवर्गसँगको संपर्कले मनोबल र महत्त्वाकांक्षा पनि बढाउने छ । राजनीति तथा समाजसेवा वा जागिर आदि कार्यक्षेत्रमा जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायले प्रसिद्धि पाउनेछ । आत्मबल बढेर आउनेछ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान पवनपुत्र महावीर हनुमानजीको आराधना शुभप्रद हुनेछ । गरीब दीनदुःखीलाई दान सहयोग गर्नाले ईच्छित कार्य पूरा गराउन दैवीय कृपा मिल्नेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अपेक्षित उपलब्धि प्राप्त गर्न ग्रहले अबरोध सृजना गरेको देखिन्छ । तथापि धार्मिक–आध्यात्मिक सत्चिन्तनले मानसिक शान्ति मिल्ने छ । सामान्यतया दैनिक एवं व्यवहारिक कामकार्य चल्ने नै छन् । विद्वान एवं मान्यपक्षबाट अदृष्य रोकावट आउनसक्ने छ । मनोबललाई उच्च नै राख्नु उपयुक्त हुनेछ । प्रेमसम्बन्धले उचाइ लिनेछ भने विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान सिद्धिविनायकको साथमा माँ बगलामुखी एवं माँ इन्द्रायणीको श्रद्धाभक्ति तथा दर्शन गर्नु फलप्रद हुनेछ । गुरु जनको आर्शिवादले पनि विशेष भूमिका निर्वाह गर्नेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan