Wednesday 17th of January | २०७४ माघ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपतिको डिनर राजनीति: भण्डारी र प्रचण्ड परिवार चार घण्टासँगै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले शुक्रबार डिनर सँगै खाएका छन् ।


शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले डिनर दिएकी हुन् । राष्ट्रपति निवासमा दिइएको डिनरमा अध्यक्ष प्रचण्डसँगै उनकी पत्नी सीता , माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका छोराहरु प्रसिद्ध र प्रणब सहभागी थिए ।

त्यस्तै डिनरमा प्रचण्डका जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी बनेको तस्विरमा देखिन्छ ।

बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर झण्डै १० बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको शितल निवास स्रोतले जानकारी दिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan