Tuesday 18th of September | २०७५ असोज २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गरिमा विकास बैंकको ११ औं बार्षिक साधारणसभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan

काठमाडौं पुस २९ । गरिमा विकास बैंक लिमिटेडको ११ औं बार्षिक साधारणसभा पौष २८ गते शुक्रबार पोखरामा सम्पन्न भयो ।  बैकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न  सभाले शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रश्ताव पारित गरेको छ । 

सभामा सर्वसाधारण शेयरधनी समुह तर्फबाट सञ्चालक समितिमा रिक्त रहेको २ जना सञ्चालकमा डा.भूपेन्द्र बहादुर खड्का क्षेत्री र   संजीव ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।  साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको बताइएको छ ।

२ अर्ब २० करोड ४२ लाख ४३ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार पुगेको छ ।

साधारण सभाको लागि २०७४ पौष १४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७४ पौष १३ गते सम्म कायम विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यो विकास बैंकको हाल देशभर ४९ शाखा र १२ वटा एटीएम संचालनमा छन ।  

बैंकले छिट्टै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरी गरि १० वटा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले हाल करिब १७ अर्ब २० करोेड निक्षेप संकलन गरि १५ अर्ब ७० करोड कर्जा लगानी गरेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan