Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनता बैकको आठौं बार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौ पुुस २९ । जनता बैंक नेपाल लिमिटेडको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको सभापतित्वमा बैंकले शुुक्रबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक बर्ष २०७३—०७४ को मुनाफा बाट चुक्ता पुंजीको १४ दसमलव चार प्रतिशतले हुने एक अर्ब ७० लाख ९१ ह्जार नौ सय ३५ रुपैयाँ बराबरको बोनस सेयर बितरण् गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर बितरण पश्चात बैंकले चुक्ता पुंजी आठ अर्ब सात करोड रुपैयाँ पुुग्ने छ । गत आ.ब. मा साविकको जनता बैंक नेपाल, त्रिवेणी विकास बैंक लि. र सिद्धार्थ डेभलपमेण्ट बैंक लि. एक  आपसमा गाभिएर बनेको जनता बैंक नेपाल लिमिटेडको मर्जर पछाडीको यो पहिलो वार्षिक साधारणसभा हो ।

साधारणसभाबाट सञ्चालक समितीमा संस्थापक सेयरधनी समुहबाट केशरबहादुर रायमाझी, लंकबहादुर केसी र राम बहादुुर भण्डारी निर्वाचित भएकाछन भने सर्वसाधारण सेयरधनी समुह मध्येबाट गौत्तम प्रसाद खनाल, बिनित कुुमार अग्रवाल र सञ्जिव न्यौपाने निर्वाचित भएकाछन ।

पूर्व मेची देखि पश्चिममहाकाली सम्मशहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैंकले एक सय १३ शाखा, २६ शाखा रहित बैंकिङ्ग, दुुई वटा सीमित बैंकिङ्ग ईकाइ, तीन एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु र एक हजार २९कर्मचारीहरुमार्फत बैंकले पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ ।

यसै आर्थिकबर्ष भित्र मर्जर पश्चात दोहोरिएका शाखाहरुको स्थानान्तरण तथा थप नयाँशाखा समेत गरी शाखा संजाल एक सय २४ पु¥याउने लक्ष रहेको छ  । बैंकको हाल ५२ अर्ब १७ करोड निक्षेप र ४८ अर्ब ३९ करोड रुपैयाँ कर्जा कारोवार रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan