Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाँच नं प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan

दाङ, २९ पुस (रासस) ः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा ५ नं प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता एवं नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

आगामी माघ २४ गते हुने निर्वाचनका लागि ५ नं प्रदेशको दाङ देउखुरी जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतले राष्ट्रियसभा निर्वाचन प्रक्रियासँगै राष्ट्रियसभाका मतदाता प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख रहने व्यवस्था रहेको छ । प्रदेश नं ५ मा १२ जिल्ला रहेका छन् । निर्वाचन प्रक्रिया माघ ७ गतेदेखि शुरु हुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan