Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ ः उपाध्यक्ष शाक्य

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan

काठमाडौँ, २९ पुस (रासस) : नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकार गठनमा भएको ढिलासुस्तीले प्रादेशिक सरकार निर्माणमा समेत प्रभाव परेको बताउनुभएको छ ।

स्थानीय पासा पुच ः र मिसा पुचःद्वारा काठमाडौँ महानगरपालिका–१५ स्थित सरस्वतीस्थानमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले जनादेशअनुसार काम हुन नसक्दा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा समेत ढिलाइ भएको स्वीकार्नुभयो । मुलुकमा रहेका स्थानीय साधन स्रोतमा केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ को प्रदेश (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुहुन्छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिसधसभा सदस्य जीवनराम श्रेष्ठले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक समृद्धि कायम गर्नका लागि कृषि, पर्यटन, पूर्वाधार विकास निर्माणमा लगानी गरी रोजगार वृद्धि गर्नुपर्ने बताउनुभयो ।

पासा पुचः का संयोजक महेन्द्र महर्जनले मेलम्चीदेखि ल्याउन लागिएको खानेपानीको पाइप व्यवस्थापन गर्ने क्रममा डल्लुदेखि विजेश्वरीसम्म खनिएको सडकखण्डलाई चाँडो पूर्णता दिन माग गर्नुभयो ।

मिसा पुचः का संयोजक सरला चित्रकारले स्थानीय सरस्वती मन्दिर आसपासमा रहेको गुठीको जमिनलाई योगस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यसअघि उपाध्यक्ष शाक्य र केन्द्रीय सदस्य श्रेष्ठलाई सीतापाइलाको स्थानीय क्लबले पनि सम्मान गरेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan