Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजपा र फोरम टाढियो,यसरी खेलाइदिए उपेन्द्र यादवले

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ पुस । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालवीच तत्काल एकता नहुने भएको छ ।

निर्वाचनमा जनताले २ नम्बर प्रदेशमा मिलेर सरकार बनाउने जनमत दिएपछि हौसिएका यी दुई पार्टीका नेताहरुले तत्काल एकता हुने अभिव्यक्ति दिएका थिए । तर, अहिले आएर एकताको विषयमा कुनैपनि किसिमको छलफल अघि बढ्न सकेको छैन् ।


दुवै पार्टीका अध्यक्ष खासगरी राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच पछिल्लो समय कुराकानी हुन नसकेको स्रोतको दाबी छ । पछिल्लो समय पार्टी एकता हुने सम्भावना कम हुँदै गएको छ ।

अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा कुनै छलफल हुन सकेको छैन, २ नम्बर प्रदेशमा सरकार बनाउनपनि समस्या छ।’यसैबिच उपेन्द्र यादवले राजपा नेपाललाई केहि समय खेलाएर छाडेको चर्चा महन्थ ठाकुर र राजेन्द्र महतो नजिकका कार्यकर्ताहरुले गर्न थालेकाछन् ।

हुन पनि हो, दुई पार्टीका नेताहरुवीच पछिल्लो समय नियमित वार्ता हुन सकेको छैन । यसले गर्दा २ नम्बर प्रदेशमा राजपा–फोरमको सरकार बन्नेमा शंका उत्पन्न भएको छ ।

प्रदेशको मुख्यमन्त्रीमा पनि कुरा नमिलेपछि फोरमले कांग्रेस र वाम गठबन्धनमध्ये एकसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने तयारी थालेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan