Tuesday 18th of September | २०७५ असोज २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिसोबाट एक बालकसहित दुईको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan

राजविराज, २९ पुस । पूर्वी तराईमा बढेको शीतलहर तथा जाडोका कारण सप्तरीमा आज साँझ थप एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका–८ रायपुर निवासी २ वर्षीय शिवम् पासवान रहेको प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठले बताउनुभयो । बालकलाई चिसो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, डाक्नेश्वरी नगरपालिका–८ बिसहरिया निवासी ७० वर्षीया शुगावतीदेवी सरदारको पनि चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २७ पुगे पनि प्रहरीले भने हालसम्म १६ जनाको मात्र पुष्टि गरेको छ ।

अध्यक्ष यादवद्वारा कम्बल वितरण

यसैबीच, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नं २ अन्तर्गत छिन्नमस्ता गाउँपालिकाका दलित वस्तीमा आज कम्बल वितरण गर्नुभएको छ ।

सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले करिब १५० मुसहर परिवारलाई कम्बल वितरण गर्नुभएको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादवले बताउनुभयो । दलित बस्तीका वृद्ध, विपन्न, अपांग, सुत्केरी, अशक्तलगायतलाई कम्बल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, नेपाल प्रहरी श्रीमती संघले पनि तिरुहत गाउँपालिका वडा नं २ र ५ का स्थानीय दलित र विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । करिब १०० घर परिवारलाई प्रतिव्यक्ति एक थान कम्बल, ज्याकेट र एक कार्टुन चाउचाउ वितरण गरिएको बताइएको छ ।(रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan